तपाईँको फोनमा गूगलको यस्तो जानकारी आए कसरी समाधान गर्ने

Technology Khabar १४ चैत्र २०७४, बुधबार

तपाईँको फोनमा गूगलको यस्तो जानकारी आए कसरी समाधान गर्ने

काठमाडौं ।

काठमाडौं । पछिल्लो सातादेखि एन्ड्रोयड फोन प्रयोगकर्ताहरुले गूगलको एप प्रयोगमा रोक लगाएको समस्या भोगिहरेका छन् ।

विभिन्न प्रयोगकर्ताहरुले गूगलको एप्स प्रयोग गर्न खोज्दा त्यसमा अंग्रेजी भाषामा ‘डिभाइस इज नट सर्टिफाइड बाई गूगल'(Device is not certified by Google) भनेर लेखिएको संदेश आउने गरेको गुनासो गरिरहेका छन् ।

यस्तो संदेश आउने डिभाइसमा गूगलले आफ्ना सेवाहरु प्रयोगमा रोक लगाउने भएको छ ।

नेपालमा उपलब्ध भएका अधिकांश फोन प्रयोगकर्ताहरुले हालसम्म यस्तो समस्या भोगेको जानकारी नभएपनि केहि प्रयोगकर्ताहरुलाई भने यस्तो संदेशसहितको सूचना आउन सक्छ ।

यस्तो संदेश आएको फोनहरुमा गूगलका विभिन्न सेवाहरु प्रयोग गर्न तथा एप्स डाउनलोड गर्न समस्या आउने छ । गूगलले अनधिकृतरुपमा एन्ड्रोयडमा आधारित रहेर फोनहरु बनाउने कम्पनीहरुको स्मार्टफोनमा रोक लगाउने गरि यस्तो संदेशहरु जारी गरिरहेको छ ।

यस्तो डिभाइसहरुमा गूगलले दिने विभिन्न सेवा तथा सुविधाहरुका साथमा सुरक्षा पनि नहुने भन्दै गूगलले रोक लगाएको हो । अब तपाईँको डिभाइसमा पनि यस्तो किसिमको संदेश आएको छ भने तपाईँको डिभाइसमा अनधिकृत एन्ड्रोयड अपरेटिंग सिस्टम प्रयोग भएको रहेछ भनेर बुझ्नुपर्ने हुन्छ ।

विश्व बजारमा अझैपनि स्मार्टफोन उत्पादक केहि कम्पनीहरुले गूगलसँग प्रमाणित नगरेको र अनधिकृतरुपमा अपरेटिंग सिस्टम प्रयोग गरिरहेको भन्दै गूगलले आफ्ना सेवाहरुमा प्रतिबन्ध लगाउन लागेको हो ।

यस्तो समस्या विशेषगरि सस्ता किसिमका गुणस्तरहित स्मार्टफोनहरुमा आएको छ जसलाई गूगलमा प्रमाणित गरिएको हुँदैन् र उनीहरुले प्रमाणित गर्न समेत चाहँदैनन् । गूगलसँग प्रमाणित गर्न नचाहनुको अर्को कारण गूगलको कम्याटिबिलिटी रिक्वायरमेन्टस र आवश्यक टेस्टिंगहरुबाट गुज्रिन नसक्नु हो जसमा गूगलका मापदण्डहरु फलो गर्नुपर्ने हुन्छ ।

यसका साथै ती स्मार्टफोनहरु जसमा कस्टम रोममा संचालन हुन्छन र ती फोनहरु अझै गूगलबाट आधिकारिकरुपमा अनुमति पाएका छैनन भने ती फोनहरुमा पनि गूगल एप्स चलाउन रोक लगाउनेछ । यस्ता फोनहरु गूगल प्रमाणित भएपनि डिभाइसको बूटलोडर अनलक गरिएको कारणले पनि यस्तो संदेश आउन सक्नेछ । यसको लागि सामान्यरुपमा तपाईँले बुटलोडरलाई रि लक गर्न सक्नुहुनेछ ।

कसरी समस्या समाधान गर्ने

गूगलद्धारा प्रमाणित नभएको र अनधिकृत एन्ड्रोयड डिभाइस चलाउँदै हुनुहुन्छ भने तपाईँले त्यसलाई प्रमाणित समेत गराउन सक्नुहुनेछ । यसको लागि तपाईँले केहि मिहिनेत गर्नुपर्ने हुन्छ ।

गूगलले यसको बारेमा केहि नभनेपनि तपाईँले गूगल ब्लकलाई हटाउन सक्नुहुनेछ । यसको लागि तपाईँले आफ्नो एन्ड्रोयड डिभाइसमार्फत गूगल एकाउन्टमा साइन इन गरेर तपाईँले गूगल सर्भिस फ्रेमवर्क आइडी पेजमा गएर फोनलाई दर्ता गराउन सक्नुहुनेछ । यसको लागि तपाईँले आफ्नो डिभाइसको आईएमई नम्बरका साथमा आफ्नो परिचय दर्ता गराउनुपर्दछ । एक पटक गूगलमा डिभाइसबाट आइडी बुझाएपछि तपाईँले गूगल एप्समा साइन इन गर्ने अनुमति पाउनु हुनेछ ।

गूगलले गूगल प्ले सर्भिसको लागि सिर्जना गर्ने आईडीलाई गूगल सर्भिस फ्रेमवर्क आइडी (Google Service Framework ID) भनेर बुझिन्छ, यस्तो आईडी एउटा गूगल एकाउन्टबाट १०० पटकसम्म प्रयोग गर्न सकिन्छ । यदि तपाईँले फ्याक्ट्रि रिसेट गर्नुभयो भने पनि यसले त्यसलाई गणना गर्नेछ ।

यदि तपाईँले फोनको फ्याक्ट्री रिसेट गर्नुभयो भने तपाईँको सो आईडी परिवर्तन हुनसक्छ र फेरी तपाईँले त्यस्तो आईडी राख्नुपर्ने हुन्छ ।

माध्यम

easy care

प्रकाशित: १४ चैत्र २०७४, बुधबार

ताजा समाचार