टिसिएलको स्मार्ट टिभीमा ग्राहकहरुको आकर्षण

Technology Khabar १२ चैत्र २०७४, सोमबार

टिसिएलको स्मार्ट टिभीमा ग्राहकहरुको आकर्षण

काठमाडौं ।

काठमाडौं, १२ चैत । अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वको तेस्रो ठूलो टिभी ब्राण्ड कम्पनी टिसिएलले ल्याएका नयाँ उत्पादनले आफ्ना ग्राहकमाझ आकर्षण बढाएको छ । उत्पादनको क्रमलाई निरन्तरता दिँदै, टिसिएलले स्मार्ट टिभी उत्पादन गरेको कम्पनीले जानकारी दिएको छ ।

स्मार्ट टिभीमा हुनुपर्ने सम्पूर्ण विशेषता टिसिएलका स्मार्ट टिभीमा रहेको नेपालका लागि आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रिोनिक्सले जनाएको छ ।

यो टिभीमा अत्याधुनिक टिभी ब्राउजर, युट्युव एप फेसबुक एपलगायतका विशेषता रहेका छन् ।

सो ब्राण्डले नयाँ नयाँ उत्पादनहरुका साथमा ग्राहकहरुमाझ आफ्नो आकर्षण बढाउँदै लगेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १२ चैत्र २०७४, सोमबार