ह्वावेले ५१२ जीबी आन्तरिक स्टोरेज भएको स्मार्टफोन ल्याउने

Technology Khabar ११ चैत्र २०७४, आईतवार

ह्वावेले ५१२ जीबी आन्तरिक स्टोरेज भएको स्मार्टफोन ल्याउने

काठमाडौं ।

काठमाडौं, ११ चैत । चिनियाँ स्मार्टफोन मेकर ह्वावेले अहिलेसम्मकै सबैभन्दा धेरै स्टोरेज भएको स्मार्टफोन सार्वजनिक गर्नसक्ने समाचार बाहिर आएको छ । कम्पनीले हाल ५१२ जीबी आन्तरिक स्टोरेज भएको स्मार्टफोन बनाएको र सो फोन सार्वजनिक गर्ने तयारी गरिरहेको रिपोर्टहरु आएका छन् ।

हालै ह्वावेको ५१२ जीबी स्टोरेज भएको डिभाइस चीनको डिभाइसहरुको परिक्षण गर्ने आधिकारिक संस्था टेनाको (TENAA) वेबसाइटमा लिस्टेड भएको छ । मोडल नम्बर एनईओ एएल०० (NEO-AL00) नामक स्मार्टफोन टेनामा देखिएको हो ।

सो डिभाइसमा ६ जीबीको र्याम तथा ५१२ जीबीको आन्तरिक स्टोरेज रहेको छ । सो डिभाइस आउन लागेको पी२०(P20) सिरिजकै एउटा संस्करण भएको केहिले अनुमान गरेका छन् ।

हालै चीनको वेबोमा आएको एक जानकारीअनुसार ह्वावेले सो मोडलको डिभाइस लिमिटेड एडिसनको रुपमा ह्वावे मेटआरएस पोर्चे डिजाइनमा सार्वजनिक गर्नेछ ।

तर अर्कोतर्फ यो डिभाइस ह्वावेको मेट १० प्रोको नयाँ संस्करण हुनसक्ने र यसअघिकै डिजाइन र विशेषताहरुसहित बजारमा आउने बताईएको छ ।

यो डिभाइस कहिले र कसरी आउँछ भन्ने केहि जानकारी भने छैन् ।

यसअघि पनि सामसंगले ५१२ जीबी आन्तरिक स्टोरेजसहितको विश्वको पहिलो स्मार्टफोन एम्बेडेड यूनीभर्सनल फ्ल्याश स्टोरेज(ईयूएफएस) embedded Universal Flash Storage (eUFS) सहित नयाँ पुस्ताको स्मार्टफोनको बिक्रीको वृहत उत्पादन शुरु गरिसकेको घोषणा डिसेम्बरमा गरेको थियो ।

easy care

प्रकाशित: ११ चैत्र २०७४, आईतवार

ताजा समाचार