माइक्रोम्याक्सको क्यु ३५३ बजेट स्मार्टफोन र एक्स ४०९ बारफोन बजारमा

काठमाडौं, ४ चैत । भारतीय स्मार्टफोन कम्पनी माइक्रोम्याक्सले एक्स ४०९ बारफोन र क्यु ३५३ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ ।

माइक्रोम्याक्सको यो एक्स ४०९ मोडलमा १.८ इन्चको स्क्रिन जडान गरिएको छ भने, फ्रन्ट र रियर क्यामेरा जडान भएको छ । यो फोनमा २ वटा सिमकार्डको प्रयोग गर्न सकिन्छ ।

फोनमा ८०० एमएचको ब्याट्री प्रयोग गरिएको छ । यसको अलावा एफएम रेडियो, भ्वाइसकल रेकर्डिङ, म्युजिक प्लेयर र भिडियो प्लेयर जडान भएको छ । यो फोनको बजार मूल्य १ हजार २५ रुपैयाँ रहेको छ । कम्पनीले यो फोनमा १०० दिनसम्म फिर्ता गर्न सक्ने ‘रिप्लेसमेन्ट वारेन्टि’ जारी गरेको छ ।

क्यु ३५३ स्मार्टफोन

कम्पनीले बजारमा ल्याएको बजेट स्मार्ट फोन क्यु ३५३ हो, यस फोनमा १.३ गीजाहर्जको क्वाडकोर प्रोसेसर तथा १ जीबीको र्याम रहेको छ ।

५ इन्चको एचडी डिस्प्ले जडान भएको यस फोनमा ७२०x१२८० पिक्सेल रिजोलुसन रहेको छ । यस फोनमा २,००० एमएचको ब्याट्री प्रयोग भएको छ । जसको प्रयोगले भिडियो हेर्न र गेम खेल्न सहज हुन्छ ।

यसमा रियर र फ्रन्ट दुबै क्यामेरा ५ मेगापिक्सलको जडान भएको छ । यो फोन ७.० नुगट अपरेटिङ सिस्टममा आधारित रहेर संचालन हुन्छ ।

फोनमा ८ जीबीको आन्तरिक स्टारेज रहेको छ जसलाई ३२ जीबीसम्मको मेमोरीकार्डद्धारा बढाउन सकिन्छ । थ्रिजी नेटवर्क सपोर्ट गर्ने फोनमा २ वटा सिमकार्डको प्रयोग गर्न सकिन्छ ।

माइक्रोम्याक्सको क्यु ३५३ एन्ड्रोयड बजेट स्मार्टफोनको प्रिमियम मूल्य दर ६ हजार ८ सय २० रुपैयाँ तोकेको कम्पनीले जनाएको छ ।