“कोक खाम् रसिया जाम्” क्याम्पेनको दोस्रो साताका बिजेता घोषणा

Technology Khabar ३० फाल्गुन २०७४, बुधबार

“कोक खाम् रसिया जाम्” क्याम्पेनको दोस्रो साताका बिजेता घोषणा

काठमाडौं ।

काठमाडौं, ३० फागुन। कोकाकोला नेपालले “कोक खाम् रसिया जाम्” क्याम्पेनको दोस्रो हप्ताको ४ जना भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ । विजेताहरुमा महेश राई – लाजिम्पाट, ओमनाथ श्रेष्ठ – थिमी, राजिब प्रधान – इमाडोल, आशिष मान शिंह – न्युरोड रहेका छन् ।

सो योजना अन्तर्गत भाग्यशाली उपभोक्ताले सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् ।

२ जना भाग्यमानी ग्राहकले २४ इन्चको टेलिभिजन जित्न सक्नेछन साथै हरेक दिन २०० जनाले फिफा र कोकको लोगो अंकित बिशेष उपहार जित्न सक्नेछन् ।

योजना अन्तर्गत ४० जना भाग्यशाली उपभोक्ताले रसिया पुगेर सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् ।

त्यसको लागी हरेक हप्ता ४ जना भाग्यमानी बिजेताको नाम लक्की ड्र मार्फत छनोट हुनेछ । साथै हरेक दिन २०० जनाले फिफाको लोगो अंकित बिशेष उपहार जित्न सक्ने कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: ३० फाल्गुन २०७४, बुधबार

ताजा समाचार