सामसंग ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस सार्वजनिक, फोन खरिदमा विभिन्न सुविधा

काठमाडौं, २८ फागुन । इलेक्ट्रोनिक्स कम्पनी सामसङले नेपाली बजारमा स्मार्टफोन ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस (Galaxy S9 and S9 Plus) सार्वजनिक गरेको छ ।

एस नाइन तथा एस नाइन प्लसमा इमेज, भिडियो तथा इमोजीहरु शेयर गर्न सामसङले विशेष प्रविधिको प्रयोग गरेको छ । यसमा संशोधित गरिएको ड्यूल अपार्चर लेन्स, लो लाइट क्यामरा, सुपर स्लोमो भिडियो खिच्न सकिने सुविधा तथा पर्सनलाईज्ड ए आर इमोजीस तथा डल्बी एटमोसको साथ एकेजीद्वारा सुसज्जित गरिएको स्टेरियो स्पिकर रहेको छ । यसबाट डल्बी वातावरणको जीवन्त अनुभव प्रदान गर्ने कम्पनीको भनाई छ ।

कम्पनीले सोमबार औपचारिक कार्यक्रमका बीच नेपाली बजारमा एस नाइन तथा एस नाइन प्लस सार्वजनिक गरेको हो ।

सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले एस नाइन तथा एस नाइन प्लसमा जुनसुकै वेला ग्राहकले उच्चस्तरीय फोटो तथा भिडियो खिच्न सक्ने बताए । उनले यो स्मार्ट फोनमा सहज रुपमा आवद्धहुन तथा आफ्ना जीवन्त अनुभवहरु विशेष तरिकाबाट साट्न सकिने सुविधा रहेको जानकारी दिए ।

क्यामरा

आजको क्यामरा केवल फोटो खिच्नको लागि मात्र होइन, कुराकानी गर्न अनि आफ्ना अनुभवहरुलाई साटासाट गर्न भनी बनाइएको हुन्छ । उपभोक्ताहरु अत्याधुनिक स्मार्ट फोन क्यामरा चाहनुहुन्छ, जुन आफूले चाहेको वेला उच्चस्तरीय फोटो खिची तिनलाई क्यामरामा भएका विभिन्न टुल्सहरुको सहयोग लिई अझ आकर्षक एवं जीवन्त बनाउन पनि सकिन्छ । ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लसमा ग्राहकको आवश्यकतालाई विशेष ध्यान दिइएको छ । सुपर स्पीड डुअल पिक्सल सेन्सरको साथ डेडिकेटेड प्रोसेसिङ्ग पावर तथा मेमोरी जस्ता विशेषताले गर्दा उच्चस्तरीय फोटो खिच्न सकिनुका साथै फोटो शेयर गर्न सकिन्छ ।

सुपर स्लो–मोको

हरेक दिन डायनामिक स्लो मोशन भिडियो खिच्न सकिन्छ । यसले प्रति सेकेन्ड ९६० फ्रेम क्याप्चर गर्न सक्दछ । यसमा अटोमेटिक मोशन डिटेक्टर सुविधा पनि रहेको छ, जसले मुभमेन्टलाई सहजै यकिन गरी भिडियो रेकर्ड गर्न थाल्दछ । यसमा भएको ३५ विभिन्न अप्सनको प्रयोग गरी आफूलाई चाहिएको जस्तै भिडियो निर्माण गर्न सकिन्छ । साउन्ड राख्ने, आफूलाई मन पर्ने ट्युनमा व्याकग्राउन्ड म्युजिक राख्न सकिने जस्ता विशेष सुविधाहरु रहेका छन् । फोनमा भएको सुविधा प्रयोग गरी एक क्लिकका भरमा न्क्ष्ँ फाइल सजिलै बनाई शेयर गर्न पनि सकिन्छ ।

लो–लाईट क्यामरा

राम्रो लाईटिङबाट नै उच्चस्तरीय फोटो खिच्न सकिन्छ तर, अधिकांश स्मार्ट फोनहरुमा फिक्स्ड अर्पाचर भएको हुँदा न्यून उज्यालोमा राम्रो फोटो खिच्न सकिदैन तर एस नाइन तथा एस नाइन प्लस मोबाइलमा ड्यूल अर्पाचर (F1.5 / F2.4) भएको हुँदा अधिक उज्यालोको अवस्थामा वा न्यून उज्यालोको अवस्थामा पनि स्वतः सफा एवं आकर्षक फोटो खिच्न सकिन्छ ।

ए आर इमोजी

सामसङमा भएको यो सुविधाबाट प्रयोगकर्ताहरुले आफ्नै इमोजी तयार गर्न सक्नुहुन्छ भने त्यसमा सोही अनुसार साउन्ड अनुकरण गरी राख्न पनि सकिन्छ । यसमा डाटा बेस मेसिन लर्निङ अल्गोरिदम Data-based machine learning algorithm प्रयोग गरिएको हुन्छ, जसले प्रयोगकर्ताको टूडी तस्वीरलाई १०० भन्दा ज्यादा फेसियल फिचरहरुको मध्यमबाट थ्रीडी मोडेलमा बदल्न सक्नुहुने छ । यस्तो इमोजीलाई शेयर गर्न, भिडियो बनाउन, विभिन्न स्टिकरको रुपमा प्रयोग गर्न पनि सकिन्छ ।

बिक्सबी

सामसङको इन्टेलिजेन्स प्लेटफर्म बिक्सबीको माध्यमबाट प्रयोगकर्ताले सहजै रुपमा आफ्नो वरिपरि भएका विभिन्न जानकारी प्राप्त गर्न सक्नुहुनेछ । रियल टाइम अब्जेक्ट डिटेक्शन तथा रिकग्निसनको साथ विक्सबीले तुरुन्तै तस्वीरको जानकारी दिन्छ । यूजर लाइभ ट्रान्सलेसनको माध्यमबाट विभिन्न भाषाको तथा विदेशी विनिमयदरको जानकारी पनि उपलब्ध गराउन फोन आफै सक्षम हुन्छ ।

मनोरञ्जन विशेषता

मनोरञ्जनको लागि स्मार्टफोनको नै प्रयोग गरिन्छ, त्यसैले सामसङले अडियो तथा भिजुअल अनुभव प्रदान गर्न यस्ता उपकरणहरुको निर्माण गर्दै आएको छ । एकेजीयुक्त स्टेरियो स्पीकरको साथ ग्राहकले क्लियर साउन्डको अनुभव गर्न सक्नुहुने छ । यस फिचरको साथ प्रयोग कर्ताले आफू खुशी फिल्म हेर्न तथा आफूलाई मनपर्ने कलाकारको नवीनतम एल्बम सुन्न सक्नुहुनेछ । यसमा डल्बी बातावरण विद्यमान रहेको छ, जसबाट प्रयोगकर्तालाई ३६० डिग्रीमा एउटा थिएटरको जीवन्त अनुभव प्राप्त हुने छ ।

सामसङको ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लसमा अडियोको जीवन्त अनुभव प्राप्त हुने छ । यसमा एस ८ मा प्रयोग भएको अन्य सुविधाहरु पनि अत्यन्त राम्रोसँग संयोजन गरिएको छ । यसमा ब्राइट सूपर एमोलेड इन्फिनिटी डिस्प्ले bright Super AMOLED Infinity Display रहेको छ जसले गर्दा जस्तोसुकै अवस्थामा पनि डिस्प्लेको गुणस्तरीयता यथावत् रहन्छ ।

व्यक्तिगत जीवन शैलीको लागि उपयुक्त

यो स्मार्टफोनमा SmartThings app प्रयोग गर्न सकिन्छ जसले गर्दा घरमा, अफिरमा वा अन्यत्र कतै जाँदा जीवन शैलीलाई अझ सहज बनाउन मद्दत गर्दछ । SmartThings app सामसङको ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लसमा उपलब्ध रहेको छ, जसको प्रयोग गरी अन्य सामसङ वा सामसङ बाहेकका उपकरणहरुसँग आवद्ध हुन सक्दछ ।

नयाँ जमानाको सामसङ डेक्स DeX ले गर्दा मोबाइल सेट ठूलो तथा फुल स्क्रिनको अनुभव प्रदान गर्दछ । नयाँ डकिङ्ग सिस्टमको सुविधाले गर्दा प्रयोगकर्ताले ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लसलाई सहजैरुपमा ठूलो स्क्रिनमा मोबाइललाई आवद्ध गराउन सक्नुहुनेछ साथै मनिटर किवर्ड र माउस, जस्ता उपकरणहरु यसमा आबद्ध गरी सहज रुपमा डकुमेन्टहरुलाई सम्पादन गर्न वा गेम खेल्न पनि सकिने छ । साथै यस फोनका प्रयोगकर्ताहरुले डेक्स प्याडलाई टच प्याडमा बदल्न पनि सक्नुहुने छ ।

अन्य विशेषताहरु

सामसङ आइपी ६७ पानी तथा धूलो प्रतिरोधी एवं वायरलेस चार्जिङ्गको साथ स्मार्टफोनको लागि गुणस्तरीयता निर्धारण गरिएको छ ।
यस फोनमा माइक्रो एसडी कार्डको प्रयोग गरी ४०० जीबीसम्म मेमोरी बढाउन सकिन्छ । तथा नवीनतम उच्च एप्लिकेशन प्रोसेसरको प्रयोग गरिएको र हुँदा यो फोनको कार्यक्षमता उत्कृष्ट हुन पुगेको छ ।

यसको साथ साथै फोनले प्रयोगकर्ताहरुलाई सुरक्षित एवं विश्वसनीयता पनि प्रदान गर्दछ । फोनमा सामसङको नवीनतम सुरक्षा प्लेटफर्म नक्स ३.१ द्वारा सुसज्जित गरिएको छ । बायोमेट्रिक औथेन्टिकेसन अप्सन आइरिस, फिङ्गर प्रिन्ट तथा फेशियल रिकग्निशन जस्ता सुरक्षा संयन्त्र राखिएको छ, जुन प्रयोगकर्ताले आफ्नो रुची वा आवश्यकता अनुसार छनौट गर्न सक्नुहुने छ । यसमा छुट्टा छुट्टै फिङ्गर प्रिन्टको सुरक्षाद्वारा फोल्डरहरुलाई सुक्षित गर्न सकिने विकल्प पनि राखिएको छ । यो फोनमा विशेष कारको अप्टिकल सेन्सरको प्रयोगले प्रयोगकर्ताको स्वास्थ्य अवस्थालाई सही तरिकाबाट पहिचान पनि गर्न सक्दछ । यसले प्रयोगकर्ताको हर्ट लोड फ्याक्टरलाई मापन गर्न सक्दछ ।

मूल्य तथा उपलब्धता

ग्राहकले ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस फोन ५ हजार रुपैयाँको तुरुन्त क्याश व्याक सहित क्रमशः ९२ हजार ९सय रुपैयाँ तथा १ लाख ४ हजार ९ सय रुपैयाँ तोकिएको छ । क्यास व्याकपछि एस नाइनको मूल्य ८७ हजार ९ सय रुपैयाँ तथा एस नाइन प्लस ९९ हजार ९ सय रुपैयाँ हुन आउने कम्पनीले जानकारी दिएको छ । यी दुबै सेटको प्रि–बुकिङ्ग यही मार्च महिनाको १२ तारिखदेखि www.S9prebooking.com वेभसाइटमार्फत गर्न सकिने छ ।

सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले यो मूल्य अन्तराष्ट्रिय बजारमध्येमा नै सबैभन्दा आकर्षक मूल्य भएको बताए । ‘अन्तराष्ट्रिय बजारमा यी सुविधा र यति सस्तो मूल्यमा ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस फोन पाईँदैन र यो आकर्षक अफर हो,’ उनले भने ।

यी दुई स्मार्टफोनहरु यही मार्च २३ तारिख अर्थात चैत ९ गतेदेखि नेपालमा उपलब्ध हुने छन् ।

नेपाली बजारमा एस नाइन प्लस मिडनाइट व्ल्याक, कोरल ब्लु तथा न्यू ह्यु, लाइलक् पर्पल कलर अप्सनमा उपलब्ध हुने छ भने एस नाइन मिडनाइट व्ल्याकमा मात्र उपलब्ध हुने जानकारी दिईयो ।

थप सुविधाहरु

ग्राहकले प्रति हप्ता १००० एमबीका साथ १२ हप्तासम्म कूल १२००० एमबीको डाटा एनसेलको तर्फबाट निःशुल्क प्राप्त गर्न सक्नुहुनेछ भने शिखर इन्सुरेन्सको मार्फत् एक वर्ष भित्र सेट टुटफुट भएको अवस्थामा बीमा दावी गर्न सकिने व्यवस्था पनि मिलाएको छ ।

यसका अतिरिक्त प्रि बुकिङ्ग गर्नुहुने ग्राहकहरुले वायरलेस चार्जर वा ५ हजार रुपैयाँ बराबरको डिस्काउन्ट कुपन प्राप्त गरी सोही रकम बराबरको सामसङ मोबाइलका एक्सोसरिज वा सामसङको स्मार्टफोन खरिदमा डिस्काउन्ट लिन सक्नुहुने छ । साथै टर्किस एयर, के.जि.एच होटल तथा रुट्स फेसनसँग सहकार्य गरी विशेष छुटको व्यवस्था पनि मिलाएको छ ।

सामसङले प्रि–बुकिङ्गमा सहभागी भएका व्यक्तिहरुलाई लक्की ड्रमा पनि समावेश गर्ने छ र प्रथम हुने भाग्यशाली विजेतालाई टर्किस एयरको सेवा भएको देशमा आउने जाने टिकट निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको छ । दोस्रो भाग्यशाली बिजेताका दम्पतिलाई हिमालयन फ्रन्ट रिसोर्ट वा वाटर फ्रन्ट रिसोर्टमा २ रात वस्ने व्यवस्था मिलाएको छ भने २ जना तेस्रो भाग्यशाली बिजेताहरुलाई सामसङको फिट २ प्रो fit2 Pro दिने कम्पनीले जनाएको छ ।