फोटोमा भएको विषयवस्तुको जानकारी दिने ‘गूगल लेन्स’, यसरी गर्छ काम

काठमाडौं, २३ फागुन । गूगलले भिजुअल सर्च इन्जिन गूगल लेन्स अब सबै एन्ड्रोयडका सबै गूगल फोटो यूजर्सका लागि उपलब्ध गराउने भएको छ । गूगल लेन्सले तस्विरमा भएको विषयवस्तु पत्ता लगाउन तथा बिजनेस कार्डलाई स्क्यान गर्नुका साथै अझै धेरै कामहरु गर्न सक्दछ ।

यो एप यसअघि पिक्सेल फोन प्रयोगकर्ताहरुका लागि मात्र उपलब्ध थियो भने अब सबैका लागि उपलब्ध गराउन लागेको हो । एन्ड्रोयड प्लेटफर्ममा सबै गूगल फोटो प्रयोगकर्ताहरुका लागि गूगल लेन्सको उपलब्धताले भिजुअल इमेजिंग प्लेटफर्मको बिस्तार निकै महत्वपूर्ण हो । गूगल लेन्स गूगल असिस्टेन्टको माध्यमबाट मात्र उपलब्ध थियो तर यो सबैको पहुँचमा थिएन् ।

गूगलले गूगल फोटोमा आईओएस प्रयोगकर्ताहरुका लागि पनि छिटै उपलब्ध गराउने प्रतिबद्धता गरेको छ । लेन्सको सकारात्मक तथा नकारात्मक दुबै पक्षहरु रहेका छन् ।

यसरी गर्छ काम

यसको राम्रो पक्षमा यसले एउटा बिजनेस कार्डलाई पहिचान गर्दछ र यसलाई कन्ट्याक्टको रुपमा सेभ गर्न सक्दछ । यसले तपाईँको क्यामराको रोलको भित्र रहेको इमेज पत्ता लगाउन र त्यसमा भएका विषयवस्तुहरु समेत पत्ता लगाउन सक्दछ । यसका साथमा सो तस्विरमा भएको स्थानहरु पनि पत्ता लगाउन सक्दछ । त्यस्तै यसले सो स्थान खुल्ने र बन्द हुने समय लगायतका जानकारी पनि दिन्छ ।

गूगल नोटकाअनुसार लेन्सले अक्षर, स्थान, कलाकृति तथा मिडियालाई पत्ता लगाउन सक्दछ । यसले फोन नम्बर, वेवसाइट यूआरएल, ठेगाना र इमेल ठेगानाका साथ कार्य गर्दछ । यसले किताबहरु, संगीत एल्बम तथा भिडियो गेमहरुको बारेमा पनि जानकारी दिन सक्दछ ।

तर यो सर्च इन्जिनले गूगलको टेक्स्ट सर्चको जस्तो सम्पूर्ण जानकारीहरु भने दिनसक्दैन् ।

माध्यम