माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालय काठमाडौं स्थानान्तरण

Technology Khabar २२ फाल्गुन २०७४, मंगलवार

माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालय काठमाडौं स्थानान्तरण

काठमाडौं ।

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो केन्द्रिय कार्यालय काठमाडौंमा स्थानान्तरण गरेको छ ।

विशेष साधारण सभाको निर्णय बमोजिम बैंकले आफ्नो रजिष्टर्ड (केन्द्रीय) कार्यालय पोखरा लेखनाथ महानगरपालिका, वडा नं. ९ बाट प्रदेश नं. ३, काठमाडौं जिल्ला, काठमाडौ महानगरपालिका, वडा नं. २, लाजिम्पाट स्थित एम.बी.एल. टावरमा फागुन २१ गतेदेखि स्थानान्तरण गरेको हो ।

२०५४ सालमा पोखरामा संस्थापना भई संचालनमा रहेकोमा बैंकको केन्द्रीय कार्यालय पोखरा तथा कर्पोरेट कार्यालय काठमाडौंमा रहेको थियो ।

बैंकले आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानवाट ग्राहकहरुलाई सम्पुर्ण बैंकिङ्ग सुबिधा दिईरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको जनाएको छ ।

easy care

प्रकाशित: २२ फाल्गुन २०७४, मंगलवार