सर्वसाधारण र व्यवसायीलार्इ एकै स्थानमा जोड्ने मोबाइल एप ‘रेस्पेक्ट एण्ड राइज’

काठमाडौं, १८ फागुन । नेपाली युवाहरुको लगानी र लामो समयको प्रयास पछि पहिलो चरणमा नेपालीहरुका लागि नै लक्षित गरेर रेस्पेक्ट इंक नेपाल प्रालिले (Respect Inc. Nepal Pvt. Ltd.) कम्पनीले नयाँ सामाजिक संजाल मोवाईल एप्स रेस्पेक्ट एण्ड राइज “Respect & Rise” को तयारी पुरा गरेको छ।

रेस्पेक्ट एण्ड राइज एप्स एण्डरोईड र आईओएस भर्सनमा एकैसाथ प्रयोग गर्न मिल्ने गरि तयार गरिएको कम्पनीले जानकारी दिएको छ।

फेसवुक लगायतका सामाजिक संजालहरुको ठूलो बजार रहेको सन्र्दभमा नेपाल र नेपालीहरुको चाहना अनुरुप प्रयोगकर्ता सर्वसाधारण र व्यवसाय गर्दै आएका कर्पोरेट र अन्य व्यवसायीहरुको व्यवसायीक प्लेटर्फमको निर्माण पक्ष रेस्पेक्ट एण्ड राइजको सवैभन्दा बलियो र सफल पक्ष भएको कम्पनीको भनार्इ छ । रेस्पेक्ट एण्ड राइज सामाजिक संजाल प्रयोगकर्ताहरु माझ नयाँ पद्धति सहितको प्लेटर्फम हो। जहा सवैले समयको सदुपयोग गर्दै आवश्यक सूचना र अन्य विभिन्न जानकारीहरु सजिलै पाउने बतार्इएको छ ।

रेस्पेक्ट एण्ड राइज निमार्ण समुह नितान्त नेपाली ईन्जीनियर सहित नेपाली युवा व्यवसायीको लगानीमा तयार गरिएको हुदाँ पहिलो पटक नै सर्वसाधारण र व्यवसायीक कम्पनी दुवैले स्वतन्त्र रुपले फाईदा लिन सक्ने माध्यम बनाउने जानकारी दिर्इयो ।

रेस्पेक्ट एण्ड राइजले सर्वसाधारण प्रयोगकर्ता र व्यवसायी दुवैलाई वीनवीन हुनेगरि प्लेटफर्म दिने योजना बोकेको छ । ईन्टरनेटको माध्यमबाट विश्व माझ सजिलै चिनिन मद्धत मिल्नुका साथै यसैको माध्यमद्धारा कुनै न कुनै प्रतिफल रेस्पेक्ट एण्ड राइजले दिलाउने लक्ष्य बोकेको छ।

व्यवसायीक क्षेत्र र सर्वसाधारण वीचको पुलको रुपमा काम गर्ने यो संजालमा तत्काल प्रयोगकर्ता र व्यवसायीक समुह कम्पनीहरुले एक प्लेटर्फम मानेर प्रयोग गर्ने कम्पनीको भनार्इ छ ।

यसमा मुख्यत व्यवसायीक कम्पनीले आफनो कम्पनीको निशुल्क सशुल्क व्यापार प्रर्वद्धन गर्छन भने आम प्रयोगकर्ताले रेस्पेक्ट एण्ड राइजमार्फत यसको फाईदा लिने छन । कम्पनीले आफनो उत्पादनको बजार प्रर्वद्धन गर्न रेस्पेक्ट एण्ड राइजमा आए लगत्तै आम उपभोक्ताले विशेष छुट सहित विभिन्न अफर पाउने बतार्इएको छ ।

यो एपमार्फत फेसबुक, गुगल तथा ईस्न्टग्राम लगायतका सामाजिक संजालहरुसंग पनि सम्बन्ध स्थापित गर्न सकिन्छ।

कम्पनीले यहि मार्च १० तारिखमा धुलिखेलमा आयोजन हुन लागेको दबङ्ग यात्राको अन्लाईन टिकटइङ साझेदार भएको र सो मोबाईल एप डाउनलोड सो कार्यक्रमको टिकट छुटमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

तपार्इ पनि यो एप डाउनलोड गरेर प्रयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।