शाओमीका उत्पादनहरुमा मूल्य कटौती, नोटबुक एयरदेखि हेडफोनसम्मको मूल्य घट्यो

काठमाडौं, १५ फागुन । चिनियाँ स्मार्टफोन मेकर शाओमीले आफ्ना उत्पादनहरुको मूल्यमा कटौती गरेको छ । कम्पनीको नेपालका लागि आधिकारिक बितरक वत्सल इम्पेक्सले शाओमीका विभिन्न उत्पादनहरुको मूल्यमा कटौती गरेको हो ।

कम्पनीले आउँदै गरेको रंगहरुको उत्सव फागुको अवसर पारेर मूल्य कटौती गरेको जानकारी दिएको छ ।

शाओमीले नेपाली बजारमा उपलब्ध, एमआई मोसन एक्टिभेटेड नाइट लाइट, एमआई वालेट, एमआई सेल्फी स्टिक ट्राइपड, एमआइ पकेट स्पीकर २, एमआइ भिआर प्ले, एमआई हेडफोन बेसिक, एमआई एयर प्यूरिफायर २, एमआई पावर बैंक ५००० एमएएच, एमआइ पावर बैंक १०,००० एमएएच सेकेण्ड जेनेरेशन, एमआई ब्याण्ड, एमआई ब्याण्ड २, एमआई नोटबुक एयर १३.३ इन्च र एमआई नोटबुक एयर १२.५ इन्चको मूल्य घटाएको हो ।

कम्पनीले कायम गरेको नयाँ मूल्यअनुसार एमआई मोसन एक्टिभेटेड नाइट लाइटको मूल्य १,४९९ रुपैयाँ, एमआई वालेटको मूल्य ३,१९९ रुपैयाँ, एमआई सेल्फी स्टिक ट्राइपडको मूल्य २,२९९रुपैयाँ, एमआइ पकेट स्पीकर २ को मूल्य ३,१९९ रुपैयाँ, एमआइ भिआर प्लेको मूल्य १,७९९ रुपैयाँ, एमआई हेडफोन बेसिकको मूल्य ७९९ रुपैयाँ, एमआई एयर प्यूरिफायर २ को मूल्य १६,९९९ रुपैयाँ तोकेको छ ।

त्यसैगरी एमआई पावर बैंक ५००० एमएएचको मूल्य १,४९९ रुपैयाँ, एमआइ पावर बैंक १०,०००एमएएच सेकेण्ड जेनेरेशनको मूल्य २,१९९ रुपैयाँ, एमआई ब्याण्डको मूल्य १,४४९ रुपैयाँ, एमआई ब्याण्ड २ को मूल्य ३,९९९ रुपैयाँ, एमआई नोटबुक एयर १३.३ इन्चको मूल्य ९०,९९९ रुपैयाँ र एमआई नोटबुक एयर १२.५ इन्चको मूल्य ७६,९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

शाओमीका उत्पादनहरुको पुरानो र नयाँ मूल्य सूची यस्तो छ हेर्नुहोस्-