शाओमीको फोनमा आधिकारिक बितरकले ग्राहक ठग्दै, एमआइ सिक्समा २० प्रतिशत भन्दा बढी नाफा

Technology Khabar ९ फाल्गुन २०७४, बुधबार

शाओमीको फोनमा आधिकारिक बितरकले ग्राहक ठग्दै, एमआइ सिक्समा २० प्रतिशत भन्दा बढी नाफा

काठमाडौं ।

काठमाडौं, ९ फागुन । स्मार्टफोन कम्पनीले उपभोक्ताहरुलाई महंगोमा स्मार्टफोन बिक्री गर्दछन भन्ने बेला बेलामा गुनासो आई नै रहेको छ । विभिन्न कम्पनीहरुले आफ्नो फोनको अधिक मूल्य तोकेर अधिक नाफा लिने गरेका छन् भन्ने गुनासो आईरहेको बेलामा चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले भने आफ्नो स्मार्टफोन महंगो मूल्यमा नेपाली उपभोक्तानेलाई बेचिरहेको जानकारी बाहिर आएको छ ।

शाओमीका फोनहरु अन्य बजारमा भन्दा महंगो मूल्यमा नेपालमा बिक्री हुने गरेको बेलाबेलामा चर्चा आउने गरेको भएपनि त्यसको बारेमा कुनै स्पष्ट प्रमाण थिएन तर अहिले भने शाओमीले आफ्ना नेपाली ग्राहकहरुलाई निकै महंगोमा स्मार्टफोनहरु बिक्री गर्ने गरेको स्पष्ट भएको हो ।

शाओमीको नेपालको आधिकारिक स्टोर र ईकमर्श साइट दराजमा राखिएको एमआई सिक्सको मूल्य हेर्ने हो भने पनि एउटै स्मार्टफोनमा १० हजार ९ सय ९९ रुपैयाँसम्मको फरक आउँछ ।

शाओमीले नेपाली बजारमा विभिन्न श्रेणीका स्मार्टफोनहरु कम्पनीले अफलाइन स्टोर तथा आफ्नै अनलाइन स्टोरबाट बिक्री गरिरहेको छ ।

कम्पनीले हाल नेपाली बजारमा न्यूनतम १३ हजार ९ सय ९९ रुपैयाँदेखि अधिकतम ९४ हजार ९ सय ९९ रुपैयाँसम्मका स्मार्टफोनहरु बिक्री गरिरहेको छ । कम्पनीले एमआई र रेडमी श्रेणीमा फरक फरक फोनहरु बिक्री गरिरहेको कम्पनीको आधिकारिक अनलाइन स्टोर (https://xiaominepal.com.np) मा उल्लेख छ ।

शाओमीको आधिकारिक अनलाइन स्टोरमा राखेको जानकारीअनुसार हाल कम्पनीले एमआई सिक्स स्मार्टफोन बिक्रीका लागि उपलब्ध रहेको छ, जसमा कम्पनीले अधिकतम बजार मूल्य ५४ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ ।

कम्पनीले राखेको जानकारीमा सो स्मार्टफोनको र्याम ६ जीबी र स्टोरेज ६४ जीबी रहेको उल्लेख छ । तर त्यहि स्मार्टफोन अर्को नेपाली ईकमर्श साइट दराजमा भने निकै सस्तो मूल्यमा उपलब्ध रहेको छ ।

जबकी १० हजार ९ सय ९९ रुपैयाँमा कुनैपनि ग्राहकले बजारमा आकर्षक बजेट स्मार्टफोन किन्न सक्दछ ।

ईकमर्श साइट दराज (https://www.daraz.com.np/) मा राखिएको जानकारीअनुसार शाओमीको एमआई सिक्स ६ जीबी ६४ जीबीको मूल्य ४४ हजार रुपैयाँ मात्र तोकिएको छ । दराजले अहिलेको अधिकतम मूल्यमा कटौती गरेर सो स्मार्टफोन ४४ हजार रुपैयाँमा बिक्रीका लागि राखिएको उल्लेख गरेको छ ।

शाओमीको आधिकारिक स्टोर र ईकमर्श साइट दराजमा राखिएको एमआई सिक्सको मूल्य हेर्ने हो भने पनि एउटै स्मार्टफोनमा १० हजार ९ सय ९९ रुपैयाँसम्मको फरक आउँछ । जबकी १० हजार ९ सय ९९ रुपैयाँमा कुनैपनि ग्राहकले बजारमा आकर्षक बजेट स्मार्टफोन किन्न सक्दछ । कम्पनीले तोकेको अधिकतम मूल्यको आधारमा हेर्दा यो छुट करिब २० प्रतिशतको हाराहारीमा आउँछ ।

यसरी यति धेरै रकम फरक गरेर बेच्नु पक्कैपनि फोन खरिदकर्तालाई झुक्याउनु नै हो नत्र एउटै स्मार्टफोनको दाम नेपाली बजार भित्रै निकै ठूलो मूल्य अन्तरमा फरक हुन सक्दैन् ।

यस्तोमा हेर्दा शाओमीको आधिकारिक स्टोरले तोकेको अधिकतम मूल्यमा नै २० प्रतिशतभन्दा बढि नाफाको मार्जिन राखिएको हुनुपर्दछ ।

यदि सो स्मार्टफोनको विशेष प्रबद्र्धनात्मक मूल्य नै तोकिएको हो भनेपनि कम्पनीले आफ्नो आधिकारिक स्टोरमा सो फोन अधिक मूल्यमा बिक्रीका लागि उपलब्ध भएको भनेर दोहोरो मूल्य राख्दैन् । मोबाइल कम्पनीहरुले यस्तो दोहोरो मूल्य तोक्ने र दोहोरो किसिमको प्रबद्र्धनात्मक गतिबिधि अन्य कुनैपनि मुलुकहरुमा गर्ने गरेको देखिँदैन् ।

ऐनअनुसार सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा त्यस्तो बिक्रेतालाई नाफाखोरीको आरोपमा सजाय हुनसक्ने समेत प्रावधान छ।

त्यस्तै यदि दराजले आफुले सस्तोमा फोन बिक्री गरेको दाबी गर्ने हो भनेपनि उसले पनि नाफाको केहि मार्जिन नै राखेर बिक्री गरिरहेको हुनुपर्दछ । यस्तोमा हेर्दा शाओमीको आधिकारिक स्टोरले तोकेको अधिकतम बजार मूल्यमा नै २० प्रतिशतभन्दा बढि नाफाको मार्जिन राखिएको हुनुपर्दछ । दराजले करिब २० प्रतिशत अर्थात १० हजार ९ सय ९९ रुपैयाँसम्मको छुट दिनुले सो स्पष्ट पार्दछ ।

यस्तोमा कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ आकर्षित हुन सक्दछ । सो ऐनअनुसार सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा त्यस्तो बिक्रेतालाई नाफाखोरीको आरोपमा सजाय हुनसक्ने समेत प्रावधान छ।

यस्तो किसिमले अधिक फरक/फरक मूल्यमा समान गुणस्तर र समान ब्राण्डको एउटै सामान बिक्री गर्नु सिधै ग्राहकलाई ठग्ने नियत भएको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए ।

‘कुनै विशेष अवसर वा तरिका तोकेर सामाग्रीहरु सस्तोमा दिन सकिएपनि आधिकारिक बिक्रेताको अनलाइन स्टोरले नै महंगो मूल्य राखेर बिक्री गर्नु सिधै ग्राहकलाई ठगी गर्नु हो,’ उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले मोबाइल्सखबरसँग भने ।

नेपाली बजारमा शाओमी ब्राण्डका फोनहरु अन्य देशहरुमा भन्दा निकै महंगो हुने गरेको ग्राहकहरुले पटक पटक गुनासो गर्दै आएका छन् ।

हाल एउटा मोडलमा मात्र मूल्यको ठूलो अन्तर देखिएको भएपनि अन्य मोडलहरुमा पनि कतै यस्तै ठूलो मूल्य अन्तर त छैन् ? कम्पनीले कतै अधिक मूल्य तोकेर अधिक नाफा त ग्राहकसँग लिईरहेको छैन् ? पक्कै पनि यी सोचनिय प्रश्न हुन् ।

अब शाओमीका फोन किन्दा तपाईँ ग्राहकहरुले पनि यस्तो प्रश्नहरुमा ध्यान दिएमा पक्कैपनि झुक्किने वा ठगीनु हुनेछैन् ।

नेपाली बजारमा शाओमीका उत्पादनहरुका लागि वत्सल इम्पेक्स प्रालि आधिकारिक बितरक रहेको सोहि आधिकारिक साइटमा उल्लेख छ ।

easy care

प्रकाशित: ९ फाल्गुन २०७४, बुधबार