आफ्नो मुटुको धड्कन हातैमा हेर्न सकिने, यस्तो छ ‘इलेक्ट्रोनिक्स स्कीन’ डिस्प्ले

काठमाडौं, ८ फागुन । विगत धेरै वर्षदेखि इलेक्ट्रोनिक स्कीनको अवधारणा विश्वमा आईसकेको छ तर यसको अझै समुचित उपयोग हुन सकेको छैन् । तर हालै जापानका वैज्ञानिक तथा अनुसन्धानकर्ताले भने इलेक्ट्रोनिक स्कीनको सहयोगबाट आफ्नो शरिरमा भएको रोगको बारेमा थाहा पाउन सकिने भएको छ ।

जापानको यूनिभर्सिटी अफ टोकियोका केहि अनुसन्धानकर्मीहरुले इलेक्ट्रोनिक स्कीन आविश्कार गरेको दाबी गरेका छन जून निकै पातलो छ र आफ्नै शरिरमा प्रयोग गर्न सकिने किसिमको छ ।

स्कीन इलेक्ट्रोनिक्स (Skin electronics) भनिने सो पारदर्शि बायोमेडिकल सेन्सरले प्रयोगकर्ताको आफ्नै मुटुको अवस्था र गतिको बारेमा जानकारी दिन सक्नेछ ।

जापानी प्रोफेसर ताकाओ सोमेयाको नेतृत्वमा भएको अनुसन्धानले इलेक्ट्रोनिक स्कीनको रुपमा एउटा एलईडी डिस्प्ले र निकै पातलो प्याचको सहयोगबाट यसलाई लचक र शरिरमा टाँस्न सकिने बनाएको छ । यसलाई तपाईँले आफ्नो छालामा टाँसेर रियल टाइममा नै मुटुको धडकन हेर्न सक्नुहुनेछ ।

अनुसन्धानकर्ताहरुले यसको लागि नानोमेस इलेक्ट्रोड्स तथा स्ट्रेचेबल वायरिंगको प्रयोग गरेका छन् । यो प्याचमा माइक्रो एलईडी मोड्यूल राखिएको छ जून छालाजस्तै सहजरुपमा मोड्न वा तन्काउन सकिन्छ । यसका साथमा वायरलेस कम्यूनिकेसन मोड्यूल पनि प्रयोग गरिएको छ ।

यो प्रविधिको माध्यमबाट तपाईँले मुटुमा भएको कुनैपनि संकेत हेर्न सक्नुहुनेछ भने इलेक्ट्रोकार्डियाक लिएर त्यसको डाटालाई स्मार्टफोनमा समेत पठाउन सक्नेछ । यस्तो डाटा सिधै हेर्न वा क्लाउड वा मेमोरी डिभाइसमा पनि स्टोरेज गर्न सकिने छ ।

अहिले आविश्कार गरिएको सेन्सर स्कीन केबल साता दिनसम्म मात्र प्रयोग गर्न सकिने किसिमको छ । यसलाई यसको ओरिजिलन लम्बाईको तुलनामा ४५ प्रतिशतसम्म तन्काउन सकिन्छ ।

यो स्कीनले प्रयोगशालामा थप विकसित हुँदै जाँदा तापक्रम, रक्तचापलगायतका इलेक्ट्रोकार्डियोग्रामहरु समेत सफलतापूर्वक रेकर्ड गरेको थियो ।

यो स्कीन आगामी ३ वर्षको अनुसन्धानमा थप परिस्कृत हुने र अझ ठूलो क्षेत्र ओगट्ने किसिमको उत्पादन गर्नसकिनेमा अनुसन्धानकर्ताहरु आशाबादी रहेका छन् ।

स्रोत माध्यम