केएल मोबाइल हबमा सस्तो मोबाइल किन्न पाइने, खेल खेलेर मोबाइल जित्न सकिने

काठमाडौं, ७ फागुन । नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल किन्न पाइने भएको छ । काठमाडौंको चाबहिलमा रहेको के एल मोबाइल हबले मोबाइल मेलामा अहिलेसम्मकै सस्तो मूल्यमा सेवाग्राहीलाई मोबाइल उपलब्ध गराउने भएको हो ।

फागुन १ देखि मोबाइल हबमा मोबाइल मेला सञ्चालन भैरहेको छ । मोबाइल मेलामा मोबाइल किन्नेलाई अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल बिक्री गर्ने व्यवस्था मिलाइएको मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।

‘हामीले अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल किन्ने मौका दिएका छौं । यसबाट मोबाइल खरिद गर्न चाहने धेरैभन्दा धेरै सेवाग्राहीले फाइदा लिनुहुनेछ भन्ने विश्वास मोबाइल हबले लिएको छ,’ ग्लाइडरले भने ।

मेलामा मोबाइल किन्नेहरुको चाप बढेपछि धेरैभन्दा धेरै जनालाई यो योजनामा सहभागि गराउने लक्ष्य मोबाइल हबले लिएको छ । सस्तोमा मोबाइल किने पछि पनि हात खाली नजाने उपहार योजनाबाट सेवाग्राहीले दोहोरो फाइदा लिन सक्नेछन् । मेला अवधिमा राखिएका विभिन्न किसिमका दोहोरो अफरका साथै अधिक सस्तोमा मोबाइल खरिद गर्न पाउने भएकाले उपभोक्ताको पनि अधिक चाप देखिएको हबको दाबी छ ।

एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा दिने अफरसहित केएल मोबाइल हबले सञ्चालन गरिरहेको मेलामा खेल खेलेर मोबाइल जित्नुका साथै फोटो कन्टेस्टमा फोटो खिचाएर पनि मोबाइल जित्न सक्ने अफरहरु छन् ।

केएल टावरको भुईँ तल्लामा उपहार योजनामा सहभागि गराउन खेलाइएको गल्फ खेल मोबाइल मेलाको आकर्षण बनेको छ । गल्फ खेलेर धेरै स्कोर गर्नेले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाउने व्यवस्था मोबाइल हबले मिलाएको छ । साथै मोबाइल हवले मेला अवधिभरी फोटो कन्टेस्ट पनि सञ्चालन गरिरहेको छ ।

यो योजनामा सहभागि भएर फोटो खिचाएका ग्राहकहरुले मोबाइल हबको फेसबुक पेजमा धेरै लाइक र कमेण्ट पाएका आधारमा ओप्पो एफ ५ र भिभोको भि ७ मोबाइल पाउने छन्।

यसका साथै पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने अफरका कारण मोबाइल मेलामा ग्राहकको उपस्थिती बाक्लो भएको मोबाइल हबका निर्देशक संगम राई बताउँछन् । धेरै ग्राहकलाई केएल मोबाइल हबले सुपथ मूल्यमा मोबाइल उपलब्ध गराउन दोहोरो अफरका साथै सस्तो मूल्यमा मोबाइल उपलब्ध गराइएको राईको भनाई छ ।

हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफर सहित ‘अफर भित्र पनि अफर’ नाम दिइएको मोबाइल मेला फेब्रुअरी २८ तारिखसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।