क्यामोन आइ मोबाइल ब्राण्ड बजारमा, फूल भ्यू डिस्प्ले विशेषता

Technology Khabar १७ माघ २०७४, बुधबार

क्यामोन आइ मोबाइल ब्राण्ड बजारमा, फूल भ्यू डिस्प्ले विशेषता

काठमाडौं ।

काठमाडौं, १७ माघ । ट्रान्सन् होल्डिङअन्तर्गतका ट्रान्सन नेपालले हालसालै क्यामोन आई (Camon i ) ब्राण्डका नयाँ मोबाइल सेटहरु नेपाली बजारमा बिक्री वितरण आरम्भ गरेको छ ।

ट्रान्सन् नेपालले करिब ४ महिना अगाडि आइटेल, टेक्नो र अटोइमा मोवाइल सेट नेपाली बजारमा भित्र्याएको थियो । यी तीन ब्राण्डहरुले बजारमा आफ्नो हिस्सा उल्लेखनीय रुपमा बढाइरहेको र क्यामोन आईले पनि छोटो समयमै नेपाली ग्राहकको मन जित्ने कम्पनीको भनाई छ ।

विशेषगरि क्यामरा फोनको रुपमा नेपाली बजामा आएका क्यामोन सिरिजका यी नयाँ सेटको क्यामेरामा १३ एमपी रियर, क्वाड एलइडी लेन्स् फ्ल्यास एव फाइभ पी लेन्स् लगायत अन्य विशेषताहरु रहेको छ ।

यस्तै क्यामोन आईका फोनमा भएको फूल भ्यू डिस्प्ले सुबिधाले भिडियो हेर्न, गेम खेल्न, इन्टरनेट चलाउन र अन्य कार्यहरु गर्न पनि सरल र सहज हुने बताइन्छ ।

इन्सेल डिस्प्लेको प्राविधिक विशेषताले गर्दा यी नयाँ मोबाइल सेटहरु प्रयोग गर्दा उत्कृष्ट टच स्क्रीन अनुभव हुनुका साथै व्याट्रीको पनि कम खपत हुन्छ ।

३ जीबी र्याम, ३२ जीवी आन्तरिक स्टोरेज तथा १३ गीगाहर्ज क्वाड कोर प्रोसेसर भएको क्यामन आइ पहेंलो, कालो र नीलो रंगमा उपलब्ध छ । यो मोबाइल सेटको बजार मूल्य १८ हजार ५ सय रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ ।

‘नेपाली बजारमा ट्रान्स्सनले आफ्नो बर्चश्व स्थापित गर्न सफल हुनुको प्रमुख कारण यसले अपनाएको ग्राहक केन्द्रित रणनीति नै हो । केवल हामीले आफ्ना ग्राहकलाई हरेक अत्याधुनिक विशेषताले सम्पन्न उत्पादनहरु मात्र प्रदान गरिरहेका छैनौं अपितू आफ्नो प्रभावकारी वितरण सञ्जाल मार्फत नयाँ मोबाइल सेट बजारहरुमा पनि प्रवेश गरिरहेका छौं,’ ट्रान्सन नेपालका सेल्स एण्ड डिष्ट्रिब्यूसनका सिनियर भाइस प्रेसिडेन्ट अरिजित तालपत्राले भने ।

२०१७ को सेप्टेम्बरमा कम्पनी नेपाली बजारमा प्रवेश गरेको थियो ।

easy care

प्रकाशित: १७ माघ २०७४, बुधबार