सामसंग ग्यालेक्सी एस नाइनको मूल्य कति पर्ला

Technology Khabar १६ माघ २०७४, मंगलवार

सामसंग ग्यालेक्सी एस नाइनको मूल्य कति पर्ला

काठमाडौं ।

काठमाडौं, १६ माघ । दक्षिण कोरियाली टेक कम्पनी सामसंगले यहि फेब्रुअरी २५ तारिखमा नयाँ स्मार्टफोन सार्वजनिक गर्दैछ । कम्पनीले सार्वजनिक गर्ने ग्यालेक्सी एस नाइन (Galaxy S9) तथा एस नाइन प्लस (Galaxy S9+)को मूल्यको बारेमा नयाँ जानकारी आएको छ ।

कम्पनीले सार्वजनिक गर्ने फ्ल्यागशिप स्मार्टफोन आफ्नै गृह मुलुकमा ग्यालेक्सी एस ८ भन्दा अधिक हुने भएको छ । कम्पनीले एस नाइनको मूल्य ९,५०,००० कोरियाली वन अर्थात करिब ९० हजार नेपाली रुपैयाँ तोक्नेछ भने साथमा एस नाइन ड्यूओ पनि बजारमा आउने छ ।

दक्षिण कोरियाबाट आएको रिपोर्टअनुसार सामसंग ग्यालेक्सी एस नाइन प्लसको मूल्य भने ९,९०,००० कोरियाली वन अर्थात करिब ९४ हजार नेपाली रुपैयाँ हुनसक्नेछ ।

यसअघि कम्पनीले ग्यालेक्सी एस ८ को मूल्य ९,३५,००० कोरियाली वन तोकेर बिक्री गरेको थियो ।

कम्पनीले ग्यालेक्सी एस ९ को प्रिअर्डर सार्वजनिक भएको केहि दिनमा नै अर्थात मार्च २ तारिखदेखि शुरु गर्ने बताईएको छ । यो वर्ष सामसंगले ग्यालेक्सी एस नाइनलाई यसअघिको ग्यालेक्सी एस ८ भन्दा छिटो बजारमा ल्याउने तयारी गरेको छ ।

सामसंगको नयाँ फ्ल्यागशिप स्मार्टफोनले ह्वावे र एलजीका नयाँ फोनसँग सिधै प्रतिस्पर्धा गर्नेछ भने त्यसपछि सार्वजनिक हुने एचटिसीको फोनसँग पनि बजार प्रतिस्पर्धा हुनेछ ।

माध्यम

easy care

प्रकाशित: १६ माघ २०७४, मंगलवार

ताजा समाचार