अशोक लेलैण्डको नयाँ क्याप्टेन टिपर नेपालमा

Technology Khabar १६ माघ २०७४, मंगलवार

अशोक लेलैण्डको नयाँ क्याप्टेन टिपर नेपालमा

काठमाडौं ।

काठमाडौं, १६ माघ । अशोक लेलैण्डको व्यबसायिक गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता, तथा आइएमई ग्रुप अन्तर्गतको अटोमोबाइल सेवा कम्पनी आइएमई मोटर्स प्रालिले “क्याप्टेन” टिपरको नेपालमा बिक्रि वितरणको शुरु गरेको छ ।

कम्पनीले एक कार्यक्रम आयोजना गरि सो गाडि बिक्री शुरु गरिएको जानकारी दियो ।

अशोक लेलैंड को मेण्टेनन्स मैत्री प्रतिष्ठालाई जारि राख्दै क्याप्टेन सिरिजका गाडीहरु जसमा उच्च माइलेज, बढ्दो सवारी अपटाइम र कम भन्दा कम टीप समय रहेका छन् । जसले गर्दा सवारी सञ्चालन लागत कम गर्दछ । क्याप्टेन गाडीहरुमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक बिशेषताहरु भएकोले चलकलाई गाडीको विभिन्न अवस्थाहरुको बारेमा जानकारी प्राप्त हुन्छ । यस ट्रकले नेपालको उच्च दक्षता भएको ट्रकको बढ्दो मागलाई पुरा गर्ने कम्पनीको दाबी छ ।

क्याप्टेन टिपरका मुख्य आकर्षण भनेको राम्रो कार्यदक्षता र चालक लाई आरामदाई क्याबिन रहेको छ । यसमा ६ प्रकारको एड्जस्टेबल सस्पेण्डेड चालक सिट, टिल्टेबल र टेलिस्कोपिक स्टियरिङ्ग कलमं, वातानुकुलित क्याबिन र म्युजिक सिस्टम रहेको छ ।

भारतमा सन् २०१४ मा लन्च भएको क्याप्टेन सिरिजका ट्रकहरु तथा टिपरहरु १६ देखि ४९ टनसम्मका विभिन्न प्रकारका टिपर, ट्रेक्टर, र ट्रक उपलब्ध रहेको कम्पनीले जानकारी दियो ।

आइएमई मोटर्स का प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले अशोक लेलैण्ड ट्रकले नेपाली बजारमा एक विश्वसनीय ब्रान्डको हिसाबमा नाम कमाएको र नयाँ क्याप्टेनले यसको बिरासत लाई अगाडी बढाउने बताए ।

easy care

प्रकाशित: १६ माघ २०७४, मंगलवार

ताजा समाचार