वान प्लसमा ह्याकरहरुको अाक्रमण, ४० हजार ग्राहकको क्रेडिट कार्ड जानकारी चोरी

Technology Khabar ९ माघ २०७४, मंगलवार

वान प्लसमा ह्याकरहरुको अाक्रमण, ४० हजार ग्राहकको क्रेडिट कार्ड जानकारी चोरी

काठमाडौं ।

काठमाडौं, ९ माघ । चिनीयाँ स्मार्टफोन निर्माता कम्पनी वान प्लसमा ह्याकरहरुले अाक्रमण गरेर जानकारीहरु चोरेका छन् । ह्याकरहरुले वान प्लसको वेबसाइट ह्याक गरि ४० हजार ग्राहकहरुको क्रेडिट कार्डको जानकारीहरु चोरी गरेका हुन् ।

सो क्रेडिट कार्ड चोरी गरेर फ्रड कारोबार गर्ने प्रयास गरिएको वान प्लसले बताएको छ ।

कम्पनीको सिस्टममा साइबर आक्रमण भएको र पेमेन्ट पेजमा मालिसियस स्क्रिप्ट जोडिएको थियो । जसको सहयोगबाट ग्राहकहरुको क्रेडिट कार्डसँग सम्बन्धित डाटाहरु चोरिएको थियो ।

वान प्लसको वेबसाइटबाट भूक्तानी गरेका उपभोक्ताहरु मध्ये हजारौंको वान प्लसको उपभोक्ताहरुको पेमेन्ट फ्रड भएको थियो ।

म्पनीकाअनुसार जनवरी ११सम्म गरिएको कारोबारहरु मात्र फ्रड ट्रान्जेक्सनको शिकार भएको हो ।तर सोहि अवधिमा पनि सेभ क्रेडिट कार्ड वा पेपालबाट गरिएको किनमेलमा भने कुनै समस्या नभएको कम्पनीको भनाई छ ।

क्रेडिट कार्डबाट सूचना ह्याक भएको थाहा हुने बित्तिकै कम्पनीले तुरुन्त आफ्नो वेबसाइटबाट कार्डलगायतका अनलाइन पेमेन्ट अप्सनहरुलाई निषेध गरेको थियो ।

माध्यम

easy care

प्रकाशित: ९ माघ २०७४, मंगलवार