ड्यूल फ्रन्ट क्यामरासहितको कलर्स एस ११ बजारमा, साढे १२ हजारमै किन्न सकिने

Technology Khabar ३० पुष २०७४, आईतवार

ड्यूल फ्रन्ट क्यामरासहितको कलर्स एस ११ बजारमा, साढे १२ हजारमै किन्न सकिने

काठमाडौं ।

काठमाडौं। कलर्स मोबाइलले एस सिरिज अन्तर्गत नयाँ स्मार्टफोन बजारमा सार्वजनिक गरेको छ । नेपाली मोबाइल ब्राण्डको रुपमा परिचित कलर्सले एस ११ स्मार्टफोन सार्वजनिक गरेको हो ।

चीपसेट निर्माता कम्पनी मिडिया टेक इन्कर्पोरेटेडका एशिया र अफ्रिकाको कर्पोरेट सेल्स एण्ड बिजनेश डेभलपमेन्टका उप महाप्रवन्धक आर्थर वाङ, टेलिटक प्रालिका निर्देशक प्रतिक जालान र अनलाईन ईकमर्श साइट दराज केमुका प्रवन्ध निर्देशक राजीव अमात्यले संयुक्त रुपमा नयाँ स्मार्टफोन सार्वजनिक गरे।

विशेषगरि सेल्फी खिच्न मनपराउने मोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर सार्वजनिक गरिएको यो मोबाइलमा प्रभावशाली ड्यूल फ्रन्ट क्यामरा सेटअप रहेको छ। फोनमा८ मेगापिक्सेलको ड्यूल क्यामरा छ जसले १२० डिग्री एंगलमा सेल्फी खिच्न सक्दछ भने पानारोमिक भ्यू खिच्न सकिन्छ ।

यसको रियरमा पनि ८ मेगापिक्सेलको क्यामरा राखिएको छ ।

फोनमा ३ जीबीको र्याम तथा १६ जीबीको आन्तरिक स्टोरेज रहेको छ ।

कम्पनीका अनुसार यो स्मार्टफोनमा मिडियाटेक ६७३७ डब्लु चीपसेट प्रयोग गरिएको छ ।

यो मोबाइलको मूल्य १६ हजार ४ सय ९५ रुपैयाँ तोकिएको छ।

तर ईकमर्श साइट दराजबाट अनलाइनमार्फत खरीद गरेमा १२ हजार ४ सय ९५ रुपैयाँमा नै किन्न सकिने जनाएको छ।मोबाइल खरीद गर्नेले १२ सय एमबीको एनसेल डाटा र दराजमा अर्को पटकको खरीदमा २ सय ५० रुपैयाँको गिफ्ट भौचर समेत पाउने कम्पनीले जनाएको छ।

टेलिटक प्रालिका निर्देशक जालानले नवीन खोजसहितको नयाँ स्मार्टफोन बजारमा ल्याएको बताए।

मोबाइलमा मेटालिक बडी राखिएको छ भने फींगरप्रिन्ट सेन्सर पनि छ ।

एन्ड्रोयडको नूगट ७.० भर्सनको अपरेटिंग सिस्टममा आधारि यो स्मार्टफोनमा ५.२ इन्चको एचडी डिस्प्ले प्रयोग गरिएको छ ।

फोनमा ड्यूल सिम सपोर्ट फोरजी र थ्रीजी प्रयोग गर्न सकिन्छ भने माइक्रो एसडी कार्डका लागि छुट्टै स्लट राखिएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ३० पुष २०७४, आईतवार