एसरको स्विफ्ट सेभेन, विश्वको सबैभन्दा पातलो ल्यापटप

काठमाडौं, २५ पुस । एसरले सिईएस २०१८ मा केहि नयाँ नोटबुक तथा गेमिंग ल्यापटपहरु प्रदर्शन गरेको छ । कम्पनीले प्रदर्शन गरेका मध्ये एसर स्विफ्ट ७ (Acer Swift 7) विशेष ल्यापटप हो, जुन विश्वको सबैभन्दा पातलो ल्यापटपको रुपमा कम्पनीले दाबी गरेको छ ।

यस अतिरिक्त कम्पनीले एसर स्पिन ३, गेमिंग ल्यापटप एसर निट्रो तथा क्रोमबुक ११ पनि सार्वजनिक गरेको छ ।

कम्पनीले सो ल्यापटपको मोटाई केबल ८.९८ मिलिमिटर मात्र भएको दाबी गरेको छ, जून विण्डोज १० अपरेटिंग सिस्टममा आधारित छ ।

समा इन्टेल कोर आइ ७ प्रोसेसर राखिएको छ भने फोरजी एलईटीई कनेक्सनका साथै एक दिनसम्म टिक्ने ब्याट्रि ब्याकअप रहेको छ ।

कम्पनीले यसका साथमा ल्याएको स्पीन ३ ल्यापटप जुन ३६० डिग्रीसम्म घुमाउन सकिन्छ । यो ल्यापटपलाई ट्याबलेट डिस्प्लेको रुपमा पनि बदल्न सकिन्छ । यसमा ८ औं पुस्ताको इन्टेल कोर प्रोसेसर राखिएको छ भने १२ घण्टासम्मको ब्याट्री ब्याकअप रहेको छ ।