Technology Khabar २३ पुष २०७४, आईतवार
काठमाडौं ।
काठमाडौं, २३ पुस । एचएमडी ग्लोबलले नोकिया ६ को नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले नोकिया ६ (२०१८) Nokia 6(2018) भर्सन बजारमा सार्वजनिक गरेको हो । नोकिया ६ स्मार्टफोन सन् २०१७ मा मात्रै सार्वजनिक भएको थियो ।
नोकिया ६ २०१८ मा ५.५ इन्चको फूलएचडी डिस्प्ले राखिएको छ भने यसमा २.२ गीगाहर्जको क्वालकम स्न्यापड्रागन ६३० प्रोसेसर राखिएको छ ।
फोनमा डिस्प्ले एस्पेक्ट रेसियो १६(९ छ भने एन्ड्रोयड नूगट ७.१.१ भर्सनको अपरेटिंग सिस्टममा संचालन हुन्छ ।
यसअघिको संस्करण भन्दा नयाँ फोनमा प्रोसेसर क्षमता अधिक राािखएको छ । यो फोनमा ड्यूल सिम सपोर्ट रहेको छ । फोनमा ४ जीबीको र्याम तथा ३२ जीबी र ६४ जीबीको आन्तरिक स्टोरेजको मोडलमा उपलब्ध हुनेछ । यसको स्टोरेजलाई बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।
नोकिया ६ को नयाँ संस्करणमा ३,००० एमएएचको ब्याट्री उपलब्ध छ भने फास्ट चार्जिंग सपोर्ट दिईएको छ । फोनको रियरमा फिंगरप्रिन्ट स्क्यानर पनि राखिएको छ ।
फोटाको लागि नोकिया ६(२०१८)मा १६ मेगापिक्सेलको फेस डिटेक्सन अटोफोकस रियर क्यामरा उपलध् छ भने ड्यूल एलईडी फ्ल्याश राखिएको छ । सेल्फीका लागि यो फोनमा ८ मेगापिक्सेलको फ्रन्ट सेन्सर उपलब्ध छ । नयाँ फोनमा आगामी दिनमा एन्ड्रोयड ओरियो अपडेट हुनेछ ।
हाल चीनियाँ बजारमा मात्र सार्वजनिक भएको यो स्मार्टफोन ३२ जीबी मेमोरी भेरिएन्टको मूल्य १४९९ यूआन तथा ६४ जीबी मेमोरी भेरिएन्टको मूल्य १६९९ यूआन तोकिएको छ । यो स्मार्टफोन जनवरी १० तारिखदेखि चीनमा बिक्री खुला हुनेछ ।
नोकिया ६ को नयाँ भर्सन अन्य बजारमा कहिलेदेखि उपलब्ध हुन्छ भन्ने कुनै जानकारी छैन् ।
नोकियाको सन् २०१७ मा सार्वजनिक भएका नोकिया ३, नोकिया ५, नोकिया ६ र नोकिया ८ नेपाली बजारमा समेत उपलब्ध छन् ।
प्रकाशित: २३ पुष २०७४, आईतवार