नोकिया ८ ले पायो फोर्ब्सको ‘स्मार्टफोन अफ द ईयर २०१७’ सम्मान

Technology Khabar २१ पुष २०७४, शुक्रबार

नोकिया ८ ले पायो फोर्ब्सको ‘स्मार्टफोन अफ द ईयर २०१७’ सम्मान

काठमाडौं ।

काठमाडौं, २२ पुस । नोकियाको फ्ल्यागशिप फोन नोकिया ८ (Nokia 8) लाई फोर्ब्सले “स्मार्टफोन अफ द ईयर २०१७”(Smartphone of the year 2017) घोषित गरिएको छ । थुप्रै स्मार्टफोनहरु मध्ये नोकिया ८ साथै आईफोन एक्स, सामसङ्ग ग्यालेक्सी एस ८ एज प्लस र पिक्सल २ एक्सएल तथा वानप्लस ५ टी पनि २०१७ को स्मार्टफोन अफ द ईयरमा नाम सुचिकृत भएको छ ।

सन् २०१७ मा एचएमडी ग्लोबलले नोकियासँग मिलेर नोकियाका एण्ड्रोइड पावर स्मार्टफोनहरु बजारमा ल्याएको हो । नोकियाको नयाँ हान्डसेट नोकिया ८ हाईइन्ड एण्ड्रोइड स्मार्टफोन हो ।

स्मार्टफोन अफ द ईयर २०१७ को लागि फोनको डिजाइन र फङ्सन मात्र नहेरी फोनले बजारमा ल्याएको चहलपहल र फोनमा उपलब्ध गराईएको नयाँ सुविधाहरुलाई पनि मुल्याङ्कन गरिएको कम्पनीले जानकारी दिएको छ ।

नोकिया ८ ले ल्याएको “बोथि” अर्थात दुईतर्फी लाईभ भिडियो स्ट्रिमिङ्गको विशेषताले नै नोकिया ८ लाई एक उत्कृष्ट स्मार्टफोनको चिनारी दिएको छ । अन्य विशेषतामध्ये यसमा रहेको क्वालकमको स्न्याापड्रागन ८३५ र एण्ड्रोएड ओरियो अपडेटले पनि यसको उत्कृष्टता बढाएको कम्पनीको दाबी छ । नोकिया ओजेड्ओ स्पासियल ३६० डिग्री अडियो भएको पहिलो स्मार्टफोन पनि नोकिया ८ हो ।

नोकिया ८ मा पाईने डबल – लेन्स क्यामेरा (जाईसिस् अप्टिक्स) को साथ खिचिने तस्बिर , क्वालकमको क्विक चार्जले हुने छिटो चार्जिङको व्यवस्था , एण्ड्रोइड ओरियो भएकाले फोनमा निरन्तर हुने अपडेट र साथै नोकिया ८ को यूएसबी टाइप सी पोर्टद्धारा हुने सजिलो कनेक्टिभिटिका कारण यो स्मार्टफोनलाई फोब्र्सले स्मार्टफोन अफ द ईयर २०१७ नाम दिएको बताईएको छ ।

डिजाइन र फङसनमा मात्रै नहेरी नोकियाको पुरै फ्लागसिप मार्केटमा ल्याएको प्रतिस्पर्दाद्धारा नोकिया ८ लार्इ ‘स्मार्टफोन अफ द ईयर २०१७’ घोषित गरिएको कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २१ पुष २०७४, शुक्रबार