आवाजबाटै चलाउन सकिने एलजीको ‘थिनक्यू’ टिभी

काठमाडौं, २२ पुस। एलजी इलेक्ट्रोनिक्सले ‘इलेक्ट्रोनिक्स कन्ज्यूमर इलेक्ट्रनिक्स शो २०१८’मा आवाजबाट सञ्चालन हुने टेलिभीजन प्रदर्शन गर्ने भएको छ ।

दक्षिण कोरियाली कम्पनी एलजीले सो प्रिमियम टिभीको २०१८ संस्करणहरुको बारेमा समेत जानकारी दिने जनाएको छ ।

नयाँ टिभी ‘थिनक्यू ओएलइडी र सुपर युएचडी’ रहेका छन् । यो टिभी गूगल एसिस्टेन्टको सहयोगमा संचालन हुनेछ । जसले प्रयोगकर्ताहरुलाई कयौं शिर्षचरणको सुविधाहरु प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताले आवाजबाटै सो टिभी खोल्न र इन्टरनेटमा कमाण्ड दिन सक्नेछन् । प्रयोगकर्ताले ‘थिन क्यू ओएलइडी र सुपर युएचडी’ टिभीलाई आफ्नो निर्देशन अनुसार संचालन गर्नसक्ने बतार्इएको छ । इन्टरनेटको प्रयोगबाट आफ्ना रोजाईका बस्तु, सिनेमा, किताबलगायतका सामाग्री सजिलै पाउन सक्नेछन् ।

एलजीले ‘थिन क्यु’ प्रबिधिको प्रयोग गरेर घरमा प्रयोग गरिने अन्य स्मार्ट ग्याजेटहरु समेत संचालन गर्न सकिने जनाएको छ । वाईफाई वा ब्लूटुथको सहायताले रोर्वटिक भ्याकुम क्लिनर, एयर कण्डिसनर, एयर प्युरिफायर, स्मार्ट लाईट, स्मार्ट स्पिकरलगायतका सामाग्री आवाजको माध्यमबाट संचालन गर्न सकिनेछ ।

नेपाली बजारमा एलजीका उत्पादनहरु चाैधरी ग्रुप अन्तरगतको सिजी इलेक्ट्रोनिक्सले उत्पादन र बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएका कुनैपनि नयाँ प्रविधि र उत्पादन ४/५ महिना भित्रै नेपाल आउने गरेको छ ।

स‌ंभवत यो उत्पादन पनि ग्राहकको चाहना र बजार माग भएमा नेपाली बजारमा आउने कम्पनीले जानकारी दिएको एक रिपोर्टमा उल्लेख छ ।