Technology Khabar १८ पुष २०७४, मंगलवार
काठमाडौं ।
काठमाडौं, १८ पुस । नेपाली इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले उसका सम्पूर्ण एलइडी टिभीमा ३ वर्षको वारेन्टी दिने भएको छ । सिजीको गुणस्तरीय सामानसँगै अझै उपभोक्तालाई विश्वास दिलाउनको लागि एलइडी टिभीमा ३ बर्षको वारेन्टी तोकेको कम्पनीले जनाएको छ ।
यो योजना सिमित अवधिको लागि सम्पुर्ण मोडलहरुमा लागू हुने कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । ब्राण्डप्रतिको विश्वसनीयतालाई अझै मजबुत बनाउन सिजीले आफ्ना अन्य विभिन्न प्रडक्टहरुमा समेत वारेन्टि अबधि बढाउदै लैजाने जनाएको छ ।
छिट्टै एलइडी टिभीमा ग्राहक आर्कषण गर्ने बृहत योजना ल्याउने तयारीमा सिजी रहेको कुरा कम्पनीले जानकारी दिएको छ ।
प्रकाशित: १८ पुष २०७४, मंगलवार