युएम बाईकको दसैं तिहार फेस्टिभ स्किमको भाग्यशाली बिजेता घोषणा

Technology Khabar १७ पुष २०७४, सोमबार

युएम बाईकको दसैं तिहार फेस्टिभ स्किमको भाग्यशाली बिजेता घोषणा

काठमाडौं ।

काठमाडौं, १७ पुस । आइएमई अटोमोटिभ्स् प्रा.लि द्वारा युएम मोटर साइकलको दसैं तिहार फेस्टिभ स्किम “खरिदमा छुट पक्का, बम्परमा छुट्टी पक्का“ अफरको एक भाग्यशाली बिजेता समीर श्रेष्ठ चयन भएका छन् ।

युएम मोटरसाइकलको काठमाडौँ जमल (नाचघर) स्थित शोरुममा सोमबारका दिन एक कार्यक्रमका बीच हास्य अभिनेता किरण के सीले बिजेताको नाम लक्की ड्र मार्फत घोषणा गरेका थिए । भाग्यशाली बिजेता श्रेष्ठले सिंगापुर टुर प्याकेज प्राप्त गरेका छन् ।

यसै अवसरमा यु एम मोटर साइकलले नेपाल भरि लागु हुने गरि न्यु ईयर स्पेसल स्किममा प्रत्येक युएम बाइकको खरिदमा १२ हजार रुपैयाँसम्म छुटको घोषणा पनि गरेको छ । यो स्किम ३१ जनवरी २०१८ सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ ।

आइ एम इ अटोमोटिभ्स प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी, फाइनान्स कन्ट्रोलर दामोदर खनाल, टु व्हीलर डिविजन हेड उज्वल जोशी लगायत कम्पनिका अन्य टिम मेम्बरहरु पनि उपस्थित थिए ।

‘हाम्रो ध्यान बिक्रिपछिको सेवामा मुख्यत् केन्द्रित रहेको छ, त्यसको लागि देशभरि आफ्नै शाखा कार्यालय, डिलर तथा अथोराईज्ड पार्ट्स नेटवर्कबाट ग्राहकलाई पार्ट्स र सर्विस सुबिधा दिँदै आएका छौँ,’ प्रमुख कार्यकारी अधिकृत शिवाकोटीले भने ।

easy care

प्रकाशित: १७ पुष २०७४, सोमबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार