साइबर सुरक्षा र अपराध रोक्न आफैं सजग हुनुपर्नेमा विज्ञ डा अलाजाबको जोड

Technology Khabar २९ मंसिर २०७४, शुक्रबार

साइबर सुरक्षा र अपराध रोक्न आफैं सजग हुनुपर्नेमा विज्ञ डा अलाजाबको जोड

काठमाडौं ।

काठमाडौं, २९ मंसिर । साइबर सुरक्षाका विविध आयामहरुको बारेमा एक सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।

विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतको सूचना प्रविधि बिभाग र इन्फर्मेसन सेक्यूरिटी रेस्पोन्स टिम नेपालले संयुक्तरुपमा आयोजना गरेको साइबर सेक्यूरिटी एण्ड क्राईम विषयक कार्यक्रममा अन्तराष्ट्रिय विज्ञ डा ममौन अलाजावबे आफ्ना अनुभवहरु बाँडे ।

उनले विश्वमा पछिल्ला दिनहरुमा भईरहेका साइबर आक्रमणको अवस्था र त्यसको प्रभावको बारेमा बताएका थिए ।

‘अहिलेको अवस्थामा कुनैपनि डिभाइसबाट व्यक्तिको गोपनियता चोर्न सकिने र साइबर आक्रमण गर्न सकिन्छ,’ उनले भने ।

उनले साइबर आक्रमणका लागि कस्ता डिभाइसहरुको प्रयोग हुन्छ र त्यसको असरको बारेमा बताएका थिए ।

डा अलजाबले मोबाइल फोन तथा पेनड्रार्इभ जस्ता उपकरण तथा इमेलबाट समेत साइबर आक्रमण हुने गरेको जानकारी दिए ।

कार्यक्रममा डा अलजाबले विभिन्न प्रश्नहरुको जवाफ दिँदै साइबर आक्रमणबाट बच्न आफैं सजग हुनुपर्ने सुझाव दिए ।

सूचना प्रविधि बिभागका महानिर्देशक लक्ष्मि प्रसाद यादवले डा अलजाबलार्इ विभागको तर्फबाट सम्मान समेत गरे ।

कार्यक्रम विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतको सूचना प्रविधि बिभागमा भएको थियो ।  कार्यक्रममा  सूचना प्रविधि क्षेत्रका प्राविधिक, बिद्यार्थी र मिडियाकर्मीहरु लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

easy care

प्रकाशित: २९ मंसिर २०७४, शुक्रबार