यस्तो छ एन्ड्रोयडमा आधारित आइफोन एक्स, मूल्य ३०० डलर मात्रै

काठमाडौं, २८ मंसिर । विश्वको मूल्यवान कम्पनीको रुपमा रहेको एप्पलले सन् २०१७ मा आईफोन एक्स (iPhone X) सार्वजनिक गरेर सबैलाई आश्चार्यमा पारेको थियो । यो स्मार्टफोन एप्पलको अहिलेसम्मकै उत्कृष्ट स्मार्टफोनको रुपमा आएको थियो । एप्पलको सबैभन्दा महंगो आइफोन भएपनि यसको माग अझै बढिरहेको छ।

अधिकांशको ड्रिम फोनको रुपमा रहेको एप्पलको आइफोन एक्सको नेपाली बजारमा मूल्य करिब डेढ लाख रुपैयाँ रहेको छ । जून सबैले किन्न असंभव छ । चाहेर पनि आइफोन एक्स किन्न नसक्नेहरुका लागि भने अब नयाँ विकल्प बजारमा आएको छ ।

चिनियाँ स्मार्टफोन मेकर कम्पनी लिएगो (Leagoo) ले आइफोन एक्स जस्तै देखिने स्मार्टफोन निर्माण गरेको छ । यो फोन दूरुस्तै एप्पलको आइफोन एक्स जस्तै छ । जून आइफोन एक्स चाहने तर खरिद गर्न नसक्नेहरुका लागि विकल्पको रुपमा हुनसक्दछ ।

लिएगोले तयार पारेको नक्कली आइफोन एक्समा मिनिमम बेजेल राखिएको छ जून एन्ड्रोयडमा आधारित रहेको छ ।

यो फोन आइफोन एक्सको तुलनामा निकै सस्तो रहेको छ । कम्पनीले यसको मूल्य ३०० अमेरिकी डलर अर्थात करिब ३२ हजार रुपैयाँ तोकेको छ । जबकी आइफोन एक्सको मूल्य ९९९ अमेरिकी डलर तोकिएको थियो । डुप्लीकेट आइफोन एक्सको नाम कम्पनीले एस ९ (Leagoo S9) राखेको छ ।

लिएगो कम्पनीले अन्य ठूला कम्पनीहरुको फ्ल्यागशिप डिभाइसको दूरुस्त नक्कल गरेर नयाँ स्मार्टफोनहरु बनाउने गरेको छ । यसअघि पनि कम्पनीले सामसंग, शाओमी, एप्पलका अन्य डिभाइसहरुको डुप्लीकेट तयार गरेको थियो ।

उदाहरणका लागि लिएगो मिक्स शाओमीको एमआई मिक्सको जस्तै देखिन्छ भने लिएगोको एस ८ (Leagoo S8) सामसंगको ग्यालेक्सी एस ८ जस्तै रहेको छ ।

हालै ल्याएकको लिएगो एस ९ पुरै एप्पलको आइफोनको फिचरहरु जस्तै गरि तयार पारिएको छ । यसमा आइफोन एक्सको जस्तै मिनिमम बेजल, नोच कटआउट तथा भर्टिकल ब्याक क्यामरा सेटअप राखिएको छ । लिएगो एस ९ स्मार्टफोनमा पछाडिको भागा फिंगरप्रिन्ट स्क्यानर पनि राखिएको छ, तर आइफोन एक्समा भने फिंगरप्रिन्ट स्क्यानर हटाईएको थियो ।

लिएगो एस ९ स्मार्टफोनमा ५.९ इन्चको एमोलेड डिस्प्ले राखिएको छ । फोनमा ६ जीबीको र्याम तथा मिडिया टेक पी ४० प्रोसेसर राखिएको छ । यसमा १२८ जीबीको आन्तरिक स्टोरेज रहेको छ ।

फोटोका लागि यसमा १६ मेगापिक्सेलको ड्यूल रियर क्यामरा राखिएको छ ।

हाल औपचारिकरुपमा सार्वजनिक नभएको यो स्मार्टफोन कहिले बजारमा आउँछ भन्ने स्पष्ट छैन् ।

माध्यम