माइक्रोम्याक्सको फुल भिजन डिस्प्ले भएको पहिलो स्मार्टफोन यस्तो छ

Technology Khabar २० मंसिर २०७४, बुधबार

माइक्रोम्याक्सको फुल भिजन डिस्प्ले भएको पहिलो स्मार्टफोन यस्तो छ

काठमाडौं ।

काठमाडौं, २० मंसिर । माइक्रोम्याक्सले आफ्नो पहिलो १८.९ रेसियो भएको डिस्प्लेसहितको स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले क्यानभास इन्फिनिटी प्रो (Canvas Infinity Pro) भारतीय बजारमा सार्वजनिक गरेको हो ।

यो स्मार्टफोनमा ५.७ इन्चको एचडी फुल भिजन डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ७२०x१४४० पिक्सेल छ ।

क्यानभास इन्फिनिटी प्रोमा क्वाडकोर क्वालकम स्न्यापड्रागन ४३० प्रोसेसर राखिएको छ भने फोनमा ४ जीबीको र्याम रहेको छ । यसमा ६४ जीबीको आन्तरिक स्टोरेज छ, जसलाई बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।

फोटोका लागि माइक्रोम्याक्सको फुल भिजन डिस्प्ले स्मार्टफोनमा १६ मेगापिक्सेलको रियर क्यामरा छ भने सेल्फीका लागि ड्यूल क्यामरा सेटिङ रहेको छ । फ्रन्ट क्यामरा २० मेगापिक्सेल तथा ८ मेगापिक्सेलको रहेको छ । यसमा पोट्रेट, फेस ब्यूटीलगायतका मोडहरु छन् ।

इनफिनिटी प्रोमा ३,००० एमएएचको ब्याट्री राखिएको छ जसले २० घण्टाको टकटाइम दिने कम्पनीको दाबी छ ।

easy care

प्रकाशित: २० मंसिर २०७४, बुधबार