ब्लूटूथ जडित स्मार्ट कण्डम यस्तो छ, यौनकार्यको सम्पूर्ण जानकारी राख्ने

काठमाडौं, १३ मंसिर । विश्वको पहिलो स्मार्ट कण्डम निर्माण कम्पनीले आफ्नो पहिलो स्मार्ट कण्डमको फोटो सार्वजनिक गरेको छ ।

ब्रिटेनको कम्पनीले उत्पादन गरेको आई डट कन (i.Con) नामक स्मार्ट कण्डम ब्लूटूथ युक्त रहेको छ, जसले तपाईँको बेडमा हुने परफरमेन्सलाई बताउन सक्दछ ।

कम्पनीले यो कण्डमले यौनजन्य रोगहरु पत्ता लगाउने, प्रयोगकर्ताको कार्यक्षमता देखाउने र तपाईँले यौन कार्यको समयमा कति क्यालोरी घटाउनुभयो भनेर समेत हिसावकिताब गर्न सक्दछ ।

स्पष्टरुपमा भन्दा यो एउटा कण्डम मात्र नभई कण्डमका साथमा लगाउन मिल्ने एउटा रिङ्ग हो, जसले प्रयोगकर्ताहरुको विभिन्न जानकारी स्मार्टफोन मार्फत दिन्छ ।

कम्पनीले सार्वजनिक गरेको फोटो हेर्दा यो एउटा रिङ्ग आकारमा रहेको वेयरेबल डिभाइस मात्र हो, जून अन्य लोकप्रिय सेक्स टोयजस्तै छ जून लिङ्गको आधारमा राख्न सकिन्छ ।

यो डिभाइसको कयौं फाईदाहरु छन्, स्मार्टफोनमार्फत सम्पर्क हुने डिभाईसले व्यक्तिगत अन्तरंग गतिबिधिहरुको बारेमा गोप्यरुपमा जानकारी लिन्छ ।

यो डिभाइस कण्डमका साथमा प्रयोग गर्न सकिन्छ ।

उत्पादक ब्रिटिस कण्डमकाअनुसार, यो हलुका तथा वाटररेसिस्ट रहेको छ, जसमा नानो चिप र ब्लूटूथ प्रयोग गर्न सकिने प्रविधि छ, जसले प्रयोगकर्ताको यौन जिवनको तथ्यांकहरु दिएर सुधार्न सहयोग गर्दछ । जसमा यौन कार्य अवधि, गति, र कम्मरको नापको जानकारी दिन्छ ।

यो डिभाइसले क्यालोरी घटेको मात्रा, विभिन्न आसनहरु र यौनरोगहरु क्लामिडिया र सिफलिसको जानकारी राख्दछ । सबै जानकारीहरु एकत्रितरुपमा एपमा रहन्छन र प्रयोगकर्ताहरुले आफ्नो ईच्छाअनुसार साथीभाई, वा विश्वभर बाँड्न सक्नेछन् ।

कम्पनीकाअनुसार हालसम्म यो डिभाइस ९० हजार मानिसहरुले यसअघि नै प्रि-अर्डर गरिसकेका छन । यहि वर्ष बजारमा उपलब्ध हुने यो आई डट कन स्मार्ट कण्डमको मूल्य ८०.९९ अमेरिकी डलर तोकिएको छ ।

माध्यम