बैंकिङ पासवर्ड चोर्ने भाइरस भेटियो, तपार्इँको पासवर्ड कत्तिको सुरक्षित ?

काठमाडौं, ४ मंसिर । पछिल्ला दिनहरुमा इन्टरनेट बैंकिङ प्रयोग गर्ने प्रचलन अधिकरुपमा बढिरहेको छ । विकसित मुलुकहरुमा पूर्णरुपमा यसको प्रयोग भईरहेको छ भने नेपाल जस्तो विकासोन्मुख मुलुकमा पनि इन्टरनेट बैंकिङको बढ्दो क्रम रहेको छ ।

सजिलो र सहज हुने हुँदा अधिकांश मानिसहरुले इन्टरनेट बैंकिङ सेवा प्रयोग गरिरहेका छन् । इन्टरनेट बैंकिङमा आवश्यक पर्ने पासवर्ड र विभिन्न जानकारीहरु चोर्ने नयाँ मालवेयरको जानकारी बाहिर आएको छ ।

पासवर्ड मात्र नभई बैंकिङसँग सम्बन्धित सबै जानकारीहरु जस्तो क्रेडिट कार्डको जानकारी तथा इन्टरनेट बैंकिङको पासवर्ड पनि चोरी गर्न सक्दछ

रोमानियन साइबर सेक्यूरिटी तथा एन्टी भाइरस कम्पनी बिटडिफेन्डरले (Bitdefender) हालै एउटा बैंकिङ मालवेयर पत्ता लगाएको छ । जसले इन्टरनेट यूजरको पासवर्ड र जानकारी चोरि गर्दछ ।

अनुसन्धानकर्मीहरुले यसलाई टेरडट (Terdot) नाम दिएका छन्, जून पहिलो पटक सन् २०१६ मा पत्ता लगाईएको थियो । यो एउटा बैंकिङ ट्रोजन हो र लगइन पासवर्ड चोरी गनका लागि तत्काल आक्रमण गर्ने गर्दछ ।

यसमार्फत पासवर्ड मात्र नभई बैंकिङसँग सम्बन्धित सबै जानकारीहरु जस्तो क्रेडिट कार्डको जानकारी तथा इन्टरनेट बैंकिङको पासवर्ड पनि चोरी गर्न सक्दछ ।

यो ट्रोजन जीसस ट्रोजनसँग मिल्दो रहेको अनुसन्धानकर्ताहरुको भनाई छ ।

सेक्यूरिटी फर्म बिटडिफेन्टरकाअनुसार यो मालवेयर अर्थात भाइसरले क्यानाडाका बैंकहरुलाई मुख्य निशानामा राखेको छ । सेक्यूरिटी फर्मले अन्य वेबसाइटहरु जस्तो जीमेल, फेसबुक, याहू तथा लाइभ डटकमको वेबसाइटमार्फत पनि यूजरद्धारा प्रयोग गरिएको यूजरनेम तथा पासवर्ड चोरी गर्दछ ।

कसरी हुन्छ पासवर्ड चोरी

जीसस ट्रोजनको जस्तै यसले पनि ब्राउजरको माध्यमबाट आक्रमण गर्दछ र ब्राउजिङ्ग प्रोसेसमा आफैंलाई हाल्दछ । अझ मुख्य विषय भनेको यो भाइरसले आफैं अटोमेटिक डाउनलोड भएर संचालन हुन्छ । र यो कुनैपनि फाइल टाइपमा आउन सक्दछ । डिटेक्सनबाट बच्नका लागि यो मालवेयर कुनैपनि अट्याचमेन्टमा आउन सक्दछ ।

अनुसन्धानकर्ताहरुले भनेका छन्, ‘ट्रेडन एउटा सुल्झाउन मुश्किल मालवेयर हो जून जीससको लिगेसीलाई अगाडि बढाईरहेको छ । यसको ध्यान भनेको सामाजिक संजाल र ईमेल सर्भिसको गोप्य जानकारी हासिल गर्नु हो, जसलाई यसले अति गोप्य तरिकाले गर्दछ र पत्ता लगाउन समेत निकै कठिन हुन्छ ।

यो बैंकिङ मालवेयरको लागि कम्पनीले विशेष गाइड लाइन पनि जारी गरेको छ । जसबाट सुरक्षित रहन सकिन्छ ।

सूरक्षाका उपाय थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

माध्यम