वानप्लस ५ टी स्मार्टफोन यसरी निशुल्क पाउन सकिन्छ

Technology Khabar २६ कार्तिक २०७४, आईतवार

वानप्लस ५ टी स्मार्टफोन यसरी निशुल्क पाउन सकिन्छ

काठमाडौं ।

काठमाडौं, २६ कात्तिक । वानप्लसको वानप्लस ५ टी स्मार्टफोन सार्वजनिक हुन केहि दिन मात्र बाँकी छ । कम्पनीले यहि नोभेम्बर १६ तारिखमा सार्वजनिक गर्न लागेको यो स्मार्टफोनको बारेमा निकै विषयहरु बाहिर आएका छन् ।

यहि बेला कम्पनीले आफ्ना भाग्यशाली ग्राहकहरुलाई नयाँ स्मार्टफोन वानप्लस ५ टी पहिलो चरणमा नै उपलब्ध गराउने भएको छ ।

वानप्लसले दि ल्याब परियोजना अन्तर्गत वानप्लसका फ्यानहरुलाई सबैभन्दा नयाँ फोन दिन लागेको हो । कम्पनीले १० जना भाग्यशाली बिजेताहरुलाई वानप्लस ५ टी फोन रिलिज हुनुभन्दा पहिले नै उपलब्ध गराउन लागेको हो ।

वानप्लसको दि ल्याव परियोजनामा सहभागी हुनेहरुमध्येबाट भाग्यशाली १० जनालाई वानप्लस ५ टी विश्वमा सबैभन्दा पहिलो उपलब्ध गराउने कम्पनीले दाबी गरेको छ । ती १० भाग्यशाली बिजेताहरुले वानप्लस ५ टीको बारेमा आफ्ना अनुभवहरु साट्नुपर्ने हुन्छ । उनीहरुले फोनको बारेमा गरेका रिभ्यूहरु बाँड्नुपर्ने बताईएको छ ।

यदि तपाईँ पनि ती १० भाग्यशालीमध्येमा पर्न चाहनुहुन्छ भने वानप्लसको फोरममा गएर आफ्नो नाम दर्ता गर्न सक्नुहुनेछ । कम्पनीले सामान्यरुपमा अनलाईन फर्म भरेर यो प्रतियोगितामा सहभागी हुन सक्ने उल्लेख गरेको छ ।

तर त्यसको लागि तपाईँले कम्पनीका केहि शर्तहरु भने पालना गर्नुपर्ने हुन्छ । यदि तपाईँले सो शर्तहरु तोड्नुभयो भने कम्पनीले सो फोन फिर्ता लिनेछ ।

पहिलो १० प्रयोगकर्ताहरुले रिभ्यू अवधिमा कुनैपनि भिडियो, तस्विर, आर्टिकलहरु कम्पनीलाई प्रयोगका लागि उपलब्ध गराउनुपर्नेछ ।

कसरी सहभागी हुने ?

सहभागी हुनका लागि चाहने व्यक्तिले वानप्लसको दि ल्याव – वानप्लस ५ टी एडिसनको वेवसाइटमा गएर क्लिक गरेर एउटा फर्म भर्नुपर्ने हुन्छ । सो फर्ममा तपाईँले यसअघि प्रयोग गरेको डिभाइसको बारेमा जानकारी दिनुपर्ने हुन्छ र त्यस्तो डिभाइसबाट खिचिएको फोटो पनि अट्याच गर्नुपर्ने हुन्छ ।

यो प्रतियोगितामा सहभागी हुन चाहनेले यहि नोभेम्बर १५ अर्थात कात्तिक २९ गतेभित्रमा अनलाइन फर्म भर्नुपर्नेछ ।

तपाईपनि वानप्लसको दि ल्याब परियोजनामा सहभागी भएर वानप्लस ५ टी को पहिलो अनुभव गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरेर फर्म भर्नुहोस् ।

easy care

प्रकाशित: २६ कार्तिक २०७४, आईतवार

ताजा समाचार