मोटोरोलाको डिलर्स मिट मलेशियामा सम्पन्न

Technology Khabar २३ कार्तिक २०७४, बिहीबार

मोटोरोलाको डिलर्स मिट मलेशियामा सम्पन्न

काठमाडौं ।

काठमाडौं, २३ कात्तिक । लाईफ कम प्रा.लि, मोटोराला स्मार्टफोनको नेपालका लागि आधिकारिक विक्रेताले यहि कातिक १८ गते देखि २१ गते सम्म मलेशियाको क्वालालम्पुरमा मोटोरोला मोबाईलको डिलर्स भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालबाट लगभग ४० भन्दा बढि विभिन्न ब्याण्ड्रका डिलरहरुको सहभागिता थियो ।

कार्यक्रममा मोटोरोला फोनसँग सम्बन्धित विभिन्न योजनाहरु, मोबाइलको नेपाली बजारमा यसको माग तथा अन्य विभिन्न अफरहरुको विषयमा छलफल गरिएको थियो ।

यस कार्यक्रममा मोटोराला ब्राण्डसँग सम्बन्धित विभिन्न कार्यतालिका, यसको बजार, अफर आदि बारे विशेष कुराकानी आयोजना गरिएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २३ कार्तिक २०७४, बिहीबार