जिओनीको बेजेल-लेस स्मार्टफोन ‘एम ७ पावर’ आउँदै

Technology Khabar २० कार्तिक २०७४, सोमबार

जिओनीको बेजेल-लेस स्मार्टफोन ‘एम ७ पावर’ आउँदै

काठमाडौं ।

काठमाडौं, २० कात्तिक । चीनियाँ स्मार्टफोन मेकर कम्पनी जिओनीले नेपालमा एम ७ (Gionee M7 Power) स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ ।

यो जिओनीको पहिलो बेजेल–लेस स्मार्टफोन हो । कम्पनीले एम सेभेन पावर स्मार्टफोन फूलभ्यू डिस्प्ले (‘FullView’ Display) स्मार्टफोनको रुपमा नेपाली बजारमा ल्याउन लागेको हो । यो स्मार्टफोन विशेष गरि नेपालसहित भारतीय बजारमा पनि एकैपटक सार्वजनिक हुनेछ ।

यो नेपाली उपभोक्ताहरुका लागि उच्चस्तरको सूपथ मूल्यको स्मार्टफोन हुने कम्पनीको दाबी छ । यो फोनले नेपाली उपभोक्ताहरुको स्मार्टफोनमा भिजुअल अनुभवलाई नयाँपन दिने कम्पनीले जनाएको छ ।

जिओनीको एम ७ पावर स्मार्टफोनमा अधिक मात्रामा स्क्रीन टू बडी रेसियो रहेको छ । यो स्मार्टफोन ६ इन्चको फूलभ्यू स्क्रीनसहित आउने छ जसको डिस्प्ले १४४०x७२० पिक्सेल एचडी रिजोल्यूशनको हुनेछ । यसमा अल्ट्रा न्यारो फ्रेम प्रयोग गरिएको छ जून पूर्णत फ्रेमलेस डिजाइन हो ।

यो स्मार्टफोनमा फूलभ्यू डिस्प्ले हुनुका साथै अल्ट्रा लङ्ग ब्याट्रि लाइफ थिमसहितको शक्तिशाली ब्याट्रि प्रयोग गरिएको छ । फोनमा ५,००० एमएएचको ब्याट्री प्याक छ भने जिओनीको इन्टेलिजेन्स पावर म्यानेजमेन्ट सिस्टमले पावर खर्च गर्नबाट जोगाउँछ ।

यो स्मार्टफोनको ब्याट्री ब्याकअपले एक दिन पुरा स्मार्टफोन प्रयोग गर्न सकिने बताईएको छ ।

जिओनी एम ७ पावरमा १.४गीगाहर्जको क्वालकम स्न्यापड्रागन अक्टा कोर प्रोसेसर प्रयोग गरिएको छ भने यसमा ४ जीबीको र्याम रहेको छ ।
जिओनी एम ७ पावर नेपाली बजारमा गोल्ड, डार्क ब्लू र ब्ल्याक कलर अप्सनमा उपपलब्ध हुनेछ ।

यो फोन एन्ड्रोयड ७.१ मा आधारित अमिगो ५.० मा संचालन हुनेछ भने यसमा मेटल बडी प्रयोग गरिएको छ । यसमा ६४ जीबीको आन्तरिक स्टोरेज रहेको छ ।

फोटोग्राफीका लागि जिओनी एम ७ पावर स्मार्टफोनमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ । जसले न्यून प्रकाश भएको बेलामा पनि उच्च गुणस्तरको फोटो खिच्दछ ।

यसमा प्राइभेट स्पेस २.०, फिंगरप्रिन्ट सेक्यूरिटी तथा एप लक जस्ता सुरक्षाका फिचरहरु राखिएका छन् ।

यो स्मार्टफोन यसअघि थाइल्याण्डमा सार्वजनिक गरिएको थियो, जहाँ यसको मूल्य ९ हजार ९ सय ९० थाई भाट अर्थात करिब ३१ हजार ३ सय ६० रुपैयाँ तोकिएको छ ।

नेपाली बजारमा यो फोन आउने निश्चित भएपनि कम्पनीले हालसम्म यसको बजार मूल्य भने तोकेको छैन् ।

easy care

प्रकाशित: २० कार्तिक २०७४, सोमबार

ताजा समाचार