जिओनीको चाडपर्वका लागि विशेष योजना, ५ दिन ४ रातको सिंगापुर ट्रिप उपहारमा

Technology Khabar २५ भाद्र २०७४, आईतवार

जिओनीको चाडपर्वका लागि विशेष योजना, ५ दिन ४ रातको सिंगापुर ट्रिप उपहारमा

काठमाडौं ।

काठमाडौं, २५ भदौ । आउँदै गरेको चाडपर्वलाई ध्यानमा राखी जिओनीले यसपाली पुन ‘जिओनी उत्सव खुसियाली सिंगापुर यसपाली’ योजना ल्याएको छ । आफ्ना ग्राहकहरुसँगै खुसियाली साट्ने उद्देश्यले ग्राहक लक्षित यो उत्साहजनक योजना ल्याइएको हो ।

योजना अनुसार प्रत्येक जियोनी मोवाइल सेट खरीद गर्ने ग्राहकले एउटा स्क््रयाच कार्ड प्राप्त गर्नेछन् । यस स्क्रयाच कार्डमार्फत जिओनीका एक्सक्लुसिभ उपहार, १२ जना ग्राहकले जिओनी मोवाइल सेट, वा २० जना ग्राहकले ५ दिन ४ रातको सिंगापुर ट्रिप जित्न सक्नेछन् ।

यो योजना अन्र्तगत, हरेक ग्राहकले हात खाली नजाने गरी निश्चित पुरस्कार पाउने कम्पनीले जानकारी दिएको छ ।

‘जिओनी उत्सव खुसियाली सिंगापुर यसपाली’ योजना काठमाडौँ उपत्यका भित्र भदौ २२ गतेदेखि कात्तिक १० गते तारिखसम्म कायम रहने छ तथा सोही योजना काठमाडौँ उपत्यका बाहिर भदौ २५ गतेदेखि कात्तिक १० गते सम्म रहने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २५ भाद्र २०७४, आईतवार