एनसेलमा जति मूल्यको डेटा किन्यो त्यहि बराबरकै फोरजी डेटा बोनस

Technology Khabar २१ भाद्र २०७४, बुधबार

एनसेलमा जति मूल्यको डेटा किन्यो त्यहि बराबरकै फोरजी डेटा बोनस

काठमाडौं ।

काठमाडौं, २१ भदौ । एनसेलले द्रूतगतिको इन्टरनेट सेवा अझ सुलभदरमा प्रदान गर्न नयाँ डेटा प्याकहरु ल्याएको छ ।

सो योजनाअन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै भोल्युम बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् र कर सहित न्युनतम २ पैसा प्रति एमबि सम्ममा डेटा सेवाको मजा लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

नयाँ डेटा प्याक कुनै पनि बेला प्रयोग गर्न मिल्ने ‘अल टाइम’ प्याक र राति ११ बजे देखि बिहान ५ बजे सम्मको समयमा प्रयोग गर्न मिल्ने ‘नाइट टाइम’ प्याकमा उपलब्ध छन् जसअन्तर्गत ग्राहकले अब १ देखि ३० दिन भ्यालिडिटी भएका ३० एमबिदेखि १० हजार एमबि सम्मका डेटा प्याकहरु १० रुपैयाँदेखि १ हजार ५ सय रुपैयाँसम्मको प्याक शुल्कमा खरिद गर्न सक्नेछन् ।

ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि डेटा प्याक सुचारु गर्न सक्नेछन् ।

कुनै पनि डेटा प्याक सुचारु गर्ने ग्राहकले आफुले खरिद गरेको प्याक बराबरकै फोरजी डेटा पाउने यो योजनाको प्रमुख विषेशता हो ।

उदाहरणका लागि १ सय रुपैयाँमा ५ सय एमबि अल टाइम डेटा खरिद गर्दा ग्राहकले थप ५ सय एमबि फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । यस योजना अन्र्तगतका प्याकहरु ग्राहकले टुजि, थ्रिजी र फोरजी कुनैपनि नेटवर्कमा प्रयोग गर्न सक्छन् भने बोनस स्वरुप प्राप्त थप फोरजी डेटा फोरजी नेटवर्कमा मात्र मान्य हुने बताईएको छ ।

अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले १० रुपैयाँमा ३० एमबि डेटा प्राप्त गर्नेछन् र यो प्याक सुचारु गर्नुहुने ग्राहकले ३० एमबि फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । यसरी ग्राहकले १० रुपैयाँमा ६० एमबि डेटाको मजा लिन सक्नेछन् ।

त्यस्तै अरु अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले ३० रुपैयाँमा १ सय एमबि, ५० रुपैयाँमा २ सय एमबि र ७० रुपैयाँमा २ सय ५० एमबि लिन सक्नेछन् र सोहि भोल्युम बराबरको फोरजी डेटाको मजा लिन सक्नेछन् ।

साथै ठूलो भोल्युमको अल टाइम डेटा प्याक अन्तर्गत, ग्राहकले १ सय रुपैयाँमा ५ सय एमबि, ३ सय रुपैयाँमा १ हजार २ सय ५० एमबि, ५ सय रुपैयाँमा २ हजार ५ सय एमबि र १ हजार ५ सय रुपैयाँमा १० हजार एमबि डेटा प्राप्त गर्नेछन् र यसका साथै खरिद गरिएको भोल्युम बराबरकै फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।

नाइट भोल्युम प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याक भन्दा चार गुणा बढी डेटा भोल्युमको मजा लिन सक्नेछन् ।

यसका साथै नाइट प्याक सुचारु गर्ने ग्राहकले सोही डेटा भोल्युम बाहेक त्यति नै भोल्युमको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।

यो योजना बुधबार भदौ २१ गतेदेखि ९० दिनको लागि लागु हुनेछ र फोरजी बोनस ३० दिनका लागि मान्य हुने कम्पनीले जनाएको छ ।

‘नजिकिंदै गरेको चाडपर्व र देशको विभिन्न शहरमा फोरजी सेवा विस्तार भई सकेको हालको अवस्थामा यो योजनाले ग्राहकलाई थप लाभ पुर्याउने कुरामा हामी विश्वस्त छौ,’ एनसेलका कर्पोरेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले भने ।

यसरी लिन सकिन्छ सेवा

सुलभ दरमा दु्रतगतिको इन्टरनेटको मजाको लागि एनसेलका ग्राहकले एस्ट्रिस्क१७१२३ह्यास (*17123#) डायल गरी प्राप्त निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् ।

अल टाइम प्याक सुचारु गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसारको प्याक भोल्युम टाइप गरि १७१२३ मा एसएमएस पठाउन सक्नेछन् ।

त्यस्तै नाइट टाइम प्याक सुचारु गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसारको प्याक भोल्युम र अंग्रेजीमा ठूलो ‘एन’ टाइप गरी १७१२३ मा एसएमएस पठाई यो डेटा प्याक सुचारु गर्न सक्नेछन् । एनसेल एपबाट पनि डेटा प्याकहरु सुचारु गर्न सकिने छ ।

easy care

प्रकाशित: २१ भाद्र २०७४, बुधबार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार