Monthly Archives: September 2017

ट्विटरले अक्षरको सीमा बढाउँदै, २८० अक्षरसम्मको ट्विट परिक्षण हुँदै

काठमाडौं, १२ असोज । ट्विटर प्रयोगकर्ताहरुका लागि खुशीको समाचार आएको छ । हाल केबल १४० अक्षरमा सिमित हुँदै आफ्नो भावना ट्विटमा व्यक्त गर्नुपर्ने बाध्यतालाई ट्विटरले हटाउने तयारी गरेको छ । ट्विटरले अहिलेको १४० अक्षरको सीमालाई बढाउने तयारी गरेको छ । ट्विटरले सो अक्षरको सीमालाई दोब्बर पारेर २८० अक्षरसम्म पुर्याउने कार्यको हाल परिक्षण गरिरहेको छ । सो नयाँ परिक्षण कार्य सिमित ...

Read More »

आईएमईको ६ लाखको जीवन बीमा पाउने सेवाग्राहीको घोषणा

काठमाडौं, १२ असोज । यसपटकको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत दोस्रो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही मोहेदिन मिया ठकुरीले प्राप्त गरेका छन् । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा कतारस्थित कतार यूुएईबाट नेपालमा पैसा पठाउनु हुने ठकुरी भाग्यशाली विजेता छनोट भएका हुन् । भाग्यशाली विजेता ठकुरी वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई ...

Read More »

एनबी इन्स्योरेन्स अब आइएमई जनरल इन्स्योरेन्सको नाममा

काठमाडौं, १२ असोज। एनबी इन्स्योरेन्सले आफ्नो नाम परिवर्तन गरेर आइएमई जनरल इन्स्योरेन्स राख्ने भएको छ । एन.बी.ईन्सुरेन्स कम्पनीको २०औं बार्षिक साधारण सभाले सो नाम परिवर्तनको प्रस्तावलाई पारित गरेको हो । एनबीको बहुमत सेयर आइएमई समुहले खरिद गरेपछि यसको नाम परिवर्तन गर्ने बताएको थियो । कम्पनीको साधारणसभाले १० बराबर ८ अनुपातको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीका ...

Read More »

सानिमा बैंकको मोबाइल दक्षिणा योजना, दैनिक ‘सामसङ्ग जे सेभेन’ उपहारमा

काठमाडौं, ११ असोज । सानिमा बैंकले मोबाइल बैंकिङ्ग कारोबारलाई प्रबर्धन गर्न आफ्ना ग्राहकहरुको लागि मोबाइलबाट दक्षिणा योजनाको सुरुवात गरेको छ । यो योजनामा ग्राहकहरुले यस दशैंमा टिका लगाई दक्षिणा दिन सानिमा बैंकको सजिलो ई–बैकिंग मार्फत फण्ड ट्रान्सफर, टपअप रिर्चाज, ईसेवा लोड वा बिल पेमेन्ट गरी कारोबार गर्ने ग्राहकहरु मध्येबाट हरेक दिन एक जना भाग्यशाली बिजेतालाइ सामसङ्ग जे सेभेन मोवाइल फोन ...

Read More »

आइफोन ८ र ८ प्लस दशैंपछि नेपाली बजारमा, एप्पल वाच पनि साथै आउने

काठमाडौं, ९ असोज । एप्पलले यहि भदौ २७ गते अर्थात सेप्टेम्बर १२ मा सार्वजनिक गरेको आइफोनको नयाँ भर्सन नेपालमा छिट्टै आउने भएको छ । नेपालका लागि एप्पलको आधिकारिक बितरक जेननेक्स्ट कम्यूनिकेसन्सले केहि साता भित्रै नयाँ आइफोन सार्वजनिक गर्ने जानकारी दिएको छ । कम्पनीका प्रबन्ध निर्देशक पवन भिमसरियाकाअनुसार दशैं लगत्तै नयाँ आइफोन सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए । ‘आइफोन ८ ...

Read More »

हुन्डाइ गाडीद्धारा राजमार्गमा निशुल्क चेक अप क्याम्प आयोजना

काठमाडौं, ८ असोज । नेपालको लागि हुन्डाइ गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेनटल प्रा.ली.ले “Hyundai हाईवे एसुरेन्स हुन्डाइ गाडिहरुको लागि फ्रि चेक अप क्याम्प आयोजना गरेको छ । सो कार्यक्रम अन्तर्गत कम्पनीले आफ्ना ग्राहकको लागि राजमार्गका विभिन्न स्थानहरुमा हुन्डाइ गाडीको फ्रि चेक अप क्याम्प स्थापना गरेको हो । नेपालीहरुको महान चाड वडा दसैंमा आफ्नो परिवारजन तथा इस्टमित्रहरुसँग मनाउने हेतुले ...

Read More »

यु एम बाइकको नयाँ शोरुम लालबन्दीमा स्थापना

काठमाडौं, ८ असोज । आईएमइ अटोमोटिभस् अन्तर्गत अमेरिकी प्रविधिमा निर्मित यु एम ब्राण्डका बाइक तथा स्कुटरको आधिकारिक विक्रेता कुसुम मोटर्सले लालबन्दीमा नयाँ थ्रीएस सुविधा सहितको सोरुम संचालनमा ल्याएको छ । अमेरिकी प्रविधिमा निर्मित यु एम व्राण्डको सो सोरुमको उदघाट्न लालवन्दी उधोग वाणिज्य संघका अध्यक्ष नवराज मिश्र तथा यु एम डिभिजनका प्रमुख उज्वल जोशीले गरेका थिए । सेल्स, सर्भिस र स्पेयर ...

Read More »

चन्द्रागिरि हिल्समा निर्मित पृथ्वीनारायण शाहको शालिक राष्ट्रपतिद्वारा अनावरण

काठमाडौं, ८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा निर्मित नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक आइतबार चन्द्रागिरि हिल्समा आयोजित विशेष समारोहकाबीच अनावरण गरिन् । चन्द्रागिरि हिल्समा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, सभासदहरु लगायत विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको कम्पनीले जानकारी दिएको छ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित सो शालिक ५ फिट ८ इन्च उचाईको छ ...

Read More »

युमिडिजी स्मार्टफोन ब्राण्ड नेपाल भित्रियो , सि नोट २, एस २, जेड १, तथा सि २ फोन बजारमा

काठमाडौँ, ८ असोज । चिनियाँ स्मार्ट फोन उत्पादक युमिडिजीले आफ्ना उत्कृष्ट फोनहरू नेपाली बजारमा ल्याएको छ । भिभिडटेक इम्पेक्स प्रा. लि.ले आधिकारिक एकल वितरकका रूपमा नेपालमा युमिडिजीका पाँच नयाँ फोनहरू विक्री वितरण सुरू गरेको छ । अभिनेत्री केकी अधिकारीले युमिडिजीका उत्पादनहरु नेपालमा बिक्री शुरु भएको औपचारीक घोषणा गरिन् । भिभिडटेकका जेनेरल म्यानेजर गोविन्द सोनीका अनुसार यही वर्ष संसारभरि नै प्रस्तुत ...

Read More »

कोका–कोलाद्धारा दशैं प्रोमो बिजेताहरुलाई पुरस्कार हस्तान्तरण

काठमाडौं, ८ असोज। कोका–कोला नेपालले यो वर्षको दशैं प्रबद्र्धनात्मक योजनाका भाग्यशाली विजेताहरुलाई मेगा उपहारहरु हस्तान्तरण गरेको छ । यो साता अगाडि, कोकाकोलाले २५०० भन्दा बढि बिजेताहरुको नाम घोषणा गरिसकेको थियो । यसमा ७ भाग्यशाली बिजेताहरुले टिभिएस स्ट्राइकर १२५ सीसी बाईक, २८ उपभोक्ताहरुले एलजी एलईडी टिभी र २८०० जनाले मोबाइल रिचार्ज कार्ड जितेका छन् । शुक्रबार आयोजित उपहार हस्तान्तरण कार्यक्रममा, ३ ...

Read More »