नोकिया ८ स्मार्टफोनको फ्रन्ट र रियर क्यामराबाट एकैसाथ फोटो खिच्न सकिने

Technology Khabar २ भाद्र २०७४, शुक्रबार

नोकिया ८ स्मार्टफोनको फ्रन्ट र रियर क्यामराबाट एकैसाथ फोटो खिच्न सकिने

काठमाडौं ।

काठमाडौं, २ भदौ । नोकिया ब्राण्डको बहुप्रतिक्षित नोकिया एट (Nokia 8) स्मार्टफोन सार्वजनिक भएको छ। एचएमडी ग्लोबल कम्पनीले लण्डनमा आयोजित एक समारोहका बीच आफ्नो फ्ल्यागसीप स्मार्टफोन नोकिया एट सार्वजनिक गरेको हो ।

नोकिया एट विश्वको पहिलो एन्ड्रोइड स्मार्टफोन हो जसमा कार्ल जेइसको क्यामरा लेन्स प्रयोग गरिएको छ । यसमा डुअल साइड क्यामरा मोड रहेको छ । यो फिचरको माध्यमबाट फोनको फ्रन्ट तथा रियर दुबै क्यामराबाट एकसाथ फोटो तथा भिडियो खिच्न सकिन्छ ।

नोकियाले यस फिचरलाई बोथी (Bothie) नाम दिएको छ । यो प्रविधिको माध्यमबाट फेसबुक र यु ट्युबमा रियल टाइम ब्रोडकास्टिङ गर्न सकिनेछ।

यसको माध्यमबाट भिडियो स्मार्टफोनको डिस्प्लेमा स्क्रिन स्प्लिट गरेर दुबैतर्फका क्यामराका भिजिुअल एकैपटक देख्न सकिनेछ ।

यो फोनको अर्को महत्वपूर्ण फिचर यसमा भएको ओजो अडियो (OZO Audio) हो। यसमा तिनवटा माइक्रोफोन छन् जसले ३६० डिग्री आवाज क्याप्चर गर्दछ । ओजो अडियो प्रविधि विश्वमै स्मार्टफोन मध्ये पहिलो पटक नोकिया एट प्रयोग भएको कम्पनीको दाबी छ।

नोकिया एटमा ५.३ इन्चको आईपीएस क्यूएचडी डिस्प्ले रहेको छ भने गोरिल्ला ग्लास ५ द्धारा सुरक्षित गरिएको छ । फोटोका लागि फोनमा १३ मेगा पिक्सेलका डुअल रियर क्यामरा छन् भने फ्रन्ट क्यामरा पनि १३ मेगापिक्सेलकै रहेको छ ।

यो फोन विभिन्न चार रंगमा उपलब्ध हुनेछ ।

नोकिया एटमा एन्ड्रोइड ओ (Android O) अपरेटिंग सिस्टमको प्रयोग हुनेछ । नोकिया एटमा विशुद्ध एन्ड्रोइड रहनेछ र अपरेटिङ सिस्टम सफ्टवेयरमा कुनैपनि मोडिफाइ नगरिने कम्पनीको भनाई छ ।

नोकिया एटमा एडभान्स्ड आल्मुनियम बडी रहेको छ । फोटो र भिडियोका लागि गुगल फोटोजका माध्यमबाट अन लिमिटेड स्टोरोज प्रदान गर्ने नोकियाले उल्लेख गरेको छ ।

यसमा क्वालकमको स्न्यापड्रागन ८३५ चीपसेट प्रयोग गरिएको छ भने ४ जीबी र ६ जीबीको र्याम रहेको छ । ६४ जीबीको आन्तरिक स्टोरेज राखिएको छ भने त्यसलाई माइक्रो एसडी कार्ड मार्फत २५६ जीबी सम्म बढाउन सकिन्छ ।

फोनमा ३०९० एएएच क्षमताको ब्याट्री राखिएको छ भने क्विक चार्जिंग ३.० सपोर्ट गर्दछ ।

यो फोनमा फोर जी एलटीइ नेटवर्क पनि चल्दछ।

फोनमा फिंगरप्रिन्ट स्क्यानर रहेको छ भने सिंगल र डुअल सिम दुबै मोडेलमा यो स्मार्टफोन उपलब्ध हुने बताइएको छ ।

५ सय ९९ युरो मूल्य तोकिएको नोकिया ८ सेप्टेम्बरको शुरुदेखि नै बजारमा आउने बताइएको छ । एप्पलको नयाँ आइफोन बजारमा आउनु अगाडि नै नोकिया ८ बजारमा पठाउने लक्ष्य कम्पनीको छ ।

माध्यम

Global Bank
easy care

प्रकाशित: २ भाद्र २०७४, शुक्रबार