Monthly Archives: August 2017

सिजी ब्राण्डका नयाँ वासिङ्ग मेसिनहरु बजारमा, ठुलो ढोका र ठूलो एलईडी डिस्प्ले

काठमाडौं, ११ भदौ । नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी. ले हालै नयाँ तथा आकर्षक दुईवटा मोडलका वासिङ्ग मेसिनहरु बजारमा ल्याएको छ । सो वासिङ्ग मेसिनहरु ७ केजी र ८ केजी मा १२०० आरपीएम र १४०० आरपीएममा उपलब्ध छन् । लुगा राख्न सजिलो पार्न ठुलो ढोका र ठूलो एलईडी डिस्प्ले भएको यी वासिङ्ग मेसिनहरु निकै नै आकर्षक देखिने कम्पनीले जनाएको छ । ...

Read More »

माइक्रोम्याक्सले ल्याएका चार नयाँ फोनका यस्ता छन विशेषताहरु

काठमाडौं, ११ भदौ । माइक्रोम्याक्सले आफ्ना नयाँफोनहरु एक्स ७३०, एक्स ७४०, क्यू ३००१ तथा क्यू ३३०१ नेपाली बजारमा ल्याएको छ । यसमध्ये एक्स ७३० र र एक्स ७४० फीचर फोनको रुपमा आएका छन भने क्यू ३००१ र क्यू ३३०१ दुबै बोल्ट सिरिजको स्मार्टफोनका रुपमा सार्वजनिक गरिएको हो । एक्स ७३० मोडलमा २.४ इन्चको स्क्रीन, डिजिटल क्यामरा, ८ जीबीसम्मबिस्तार गर्न सकिने ...

Read More »

ललितपुर मोबाइल एक्स्पो भदौ १६ देखि, मोबाइल खरिदमा ७० प्रतिशतसम्म छुट

काठमाडौं, ९ भदौ । ललितपुरको लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारेर विभिन्न ब्राण्डका मोबाइल फोनहरुको ललितपुरकै सबैभन्दा भव्य र ठूलो चौथो एक्स्पो आयोजना गर्ने भएको छ । कम्पनीले यहि भदौ १६ गते मंगलवारदेखि भदौ २६ गतेसम्म आयोजना हुने गरी ललितपुर मोबाइल एक्स्पो २०७४ आयोजना गर्ने जानकारी दिएको छ । ...

Read More »

सामसङ ग्यालेक्सी नोट ८ सार्वजनिक, ६ जीबी र्याम र ड्यूल रियर क्यामरा

काठमाडौं, ८ भदौ। सामसङ बहुप्रतिक्षित रहेको आफ्नो नयाँ उत्पादन ‘सामसङ ग्यालेक्सी नोट ८’ (Samsung Galaxy Note 8)  बुधवार विश्व बजारमा सार्वजनिक गरेको छ । कम्पनीले निकै अाशा र अपेक्षासहित नोट ८ सार्वजनिक गरेको हो । यसअघि नोट सेभेनमा ब्याट्री पड्किने समस्या आएपछि सामसङको नोट सिरिजमा नयाँ फोन अाउँछ वा अाउँदैन भन्ने अाशंका हटेको छ। सामसङले न्युयोर्कमा एक बिशेष कार्यक्रमको आयोजना ...

Read More »

एमआइ फोन किन्दा १ वर्षको निशुल्क बीमा, दशैं तिहारमा उपहारै उपहार

काठमाडौं । एमआई (Xiaomi/MI) ब्राण्डका स्मार्टफोनको आधिकारिक बितरक वत्सल इम्पेक्सले हालै ग्राहकहरुको मोवाइल प्रतिको सुरक्षालाई मध्यनजर गदै १ वर्षको निशुल्क इन्सुरेन्स ल्याएको छ । साथै कम्पनीले नेपालीहरुको महान चाड दशैं तिहारको अवसर पारेर “किन मान्छौ बोर दशैं तिहारमा MI को Gift Sure” अन्तर्गत हात खाली नजाने उपहार दिने भएको छ । कम्पनीले अफर अन्तर्गत दुबई एक जोडी भ्रमण, बैंकक भ्रमण, ...

Read More »

क्यान कमटेक भदौ २९ गतेदेखि आयोजना हुने

काठमाडौं, ६ भदौ । क्यान महासंघले सूचना तथा सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवद्र्धन गर्ने उद्देश्यले यहि भदौ २९ गतेदेखि क्यान कमटेक २०१७ आयोजना गर्न लागेको छ । काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा आयोजना हुने क्यान कमटेक २०१७ (इन्फरमेसन, कम्युनिकेशन र टेक्नोलोजी) प्रदर्शनीमा प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, इलेक्ट्रोनिक सेक्यूरिटी तथा सेफ्टी सलुसन, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर ...

Read More »

सामसङ्ग डिजिटल प्लाजा अब नयाँबजार, काठमाडौँमा

काठमाडौं । सामसङको नेपालको लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले अत्याधुनिक र सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा नयाँबजार, काठमाडौँमा मंगलबारदेखि सुरुवात गरेको छ । हिम इलेक्ट्रोनिक्स प्रा.लि का प्रबन्ध निर्देशक शेखर गोल्छाले एक कार्यक्रमका बीच शोरुमको उद्घाटन गरे । सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरिय उत्पादनहरु कभ्र्ड टिभीहरु, एलईडी टिभीहरु, मोबाइल फोनहरु, रेफ्रिजेरेटरहरु, वासिंग मेसिनहरु र माइक्रोवेभ ओभनहरु लगायतका सामसङ्गका सामानहरु ...

Read More »

घरबाट अनलाइनमार्फत विद्युतकाे बिल तिर्न सकिने, मोबाइलबाट पनि भुक्तानी हुने

काठमाडौं,५ भदौ। अब बिजुलीको बिल तिर्न नेपाल विद्युत प्राधिकरणको कार्यालयमा नै धाउनु पर्ने समस्याबाट मुक्ति हुने भएको छ । विद्युत् प्राधिकरणको महशुल तिर्न लामो लाइनमा बस्नु पर्ने वा न्यूनतम महशुल तिर्नसमेत महशुलको भन्दा बढी रकम खर्च गरेर विद्युत प्राधिकरणको कार्यालय जानुपर्ने बाध्यता हटेको छ । किनकी अब अनलाइन बाटै विद्युतको महशुल तिर्न सकिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सोमबारदेखि ...

Read More »

बजाजले दसैं र तिहार योजना ‘६ नि शान’ शुरु गर्यो

काठमाडौं, ४ भदौ । नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द एण्ड कम्पनीले आफ्ना ग्राहकहरूका लागि सधैँ नयाँ र रोमाञ्चक योजनाहरु ल्याउने क्रममा बजाजले २०७४ को दसैँ तिहारका लागि ‘‘६ नि शान’’ योजना प्रस्तूत गरेको छ । यो योजना भदौ ४ गतेदेखि सुरु भएको छ । यो रोमाञ्चक योजनाका दुई मुख्य अर्थहरु रहेका छन् । पहिलो अर्थ ‘६ वटा ...

Read More »

टेलिकमको युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा अफर, १ सय रुपैयाँमा १ जीबी डाटा

काठमाडौं, ४ भदौ । नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न प्रकारका अफर ल्याएको छ । अफर अन्तर्गत जीएसएम प्रिपेड/पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् । युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । ...

Read More »