Monthly Archives: June 2017

ललितपुर मोबाइल कम्प्लेक्स र एपेक्स डिजिटलको संयुक्त शोरुम, इलेक्ट्रोनिक्स सामाग्रीमा ५० प्रतिशतसम्म छुट

काठमाडौं, १६ असार । ललितपुर लगनखेलमा अवस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले शोरुमको रिब्राण्डिङ गरेको छ । ललितपुर मोबाइल कम्प्लेक्सले एपेक्स डिजिटलको सहकार्यमा शोरुमको रिब्राण्डिङ गरेको हो । रिब्राण्डिङ गरिएको शोरुम शुक्रबार एक कार्यक्रमका बिच समुद्घाटन गरियो । मोबाइल हबको रुपमा स्थापना भएको ललितपुर मोबाइल कम्प्लेक्सले ग्राहकहरुलाई विश्वका चर्चित मोबाइल ब्राण्डहरुका साथमा विभिन्न घरायसी विद्युतिय उपकरणहरु पनि ...

Read More »

बिजी मलमा मोबाइल एक्सपोको अवधि १ साता थपियो, मोबाइल खरिदमा २ वटा मुभि टिकट पार्इने

काठमाडौं, १६ असार । गोगंबुस्थित बिजी मलमा जारी सामसुङ मोबाइल एक्स्पोको अवधि एक साता थप गरिएको छ । एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य उपस्थिती भएपछि मलले एक्स्पो असार २४ गतेसम्म सञ्चालन गर्ने भएको हो । मलका अनुसार एक्स्पोअवधिभर जुनसुकै मोबाइलको खरिदमा विएसआर मुभिजको दुई वटा टिकट सित्तैमा उपलब्ध गराइने छ । असार ७ गतेबाट संचालनमा आएको एक्स्पोमा अवलोकनर्ताहरुको सहभागिता बढेपछि मलले नयाँ ...

Read More »

डिजिटल सिग्नेचरले अनधिकृत कारोबार रोकिनेः विज्ञान तथा प्रविधि सचिव

काठमाडौं, १५ असार । सरकारी सेवा बिस्तार गर्न सूचना प्रविधि आवश्यक हुने सरोकारबालाहरुले औंल्याएका छन् । विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको प्रमाणीकरण नियन्त्रकको कार्यालयले आयोजना गरेको कार्यक्रममा सरोकारबालाहरुले सरकारी क्षेत्रमा सुचना प्रविधिको प्रयोगको लागि पूर्वाधार तयार भईसकेको हुँदा यसलाई सहजरुपमा प्रयोग गरिनुपर्ने बताए । इन्टिग्रेटिङ डिजिटल सिग्नेचर अन सफ्टवेयर एप्लिकेसन टू सफ्टवेयर डेभलपर्स विषयक कार्यशालामा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा ...

Read More »

विश्वभर फेरी साइबर आक्रमण, यसरी बच्नुहोस् र्यानसमवेयर भाइरसबाट

काठमाडौं, १४ असार । केहि समय अघि विश्वभर साइबर आक्रमण गरेर समस्यामा पारेको भाइरस र्यानसमवेयरले फेरि एक पटक विश्वभरका कम्प्यूटरमा समस्या उत्पन्न गरेको छ । मंगलबार विश्वका कयौं देशहरुमा नयाँ भाइरसले आक्रमण गरेको छ । विशेषगरि नयाँ भाइरसले रुस, युक्रेन र भारतका विभिन्न कम्पनीहरुलाई गंभिर असर पारेको समाचार आएको छ । नयाँ भाइरसपनि यसअघिको साइबर आक्रमणमा प्रयोग गरिएको र्यानसम वेयर ...

Read More »

फेसबुकले स्थानिय निर्वाचनमा मतदान गर्न उत्साहित गराउँदै

काठमाडौं, १४ असार । मुलुकभर दोस्रो चरणको स्थानिय निर्वाचन उत्साहप्रदरुपमा भईरहेको छ । पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा चुनाव भएपछि दोस्रो चरणमा बुधवार प्रदेश नम्बर १, ५ र ७ मा चुनाव भईरहेको छ । दोस्रो चरणको चुनावमा नेपालीहरुको उत्साहजनक सहभागीतालाई विश्वको चर्चित सामाजिक संजाल फेसबुकले पनि सघाईरहेको छ । फेसबुकले आज नेपालीहरुलाई सहयोग गर्न र स्थानिय ...

Read More »

एनसेलको ‘सबैलाई उपहार हरेक दिन लगातार’ अफर, दैनिक डेटा भोल्युम, बोनस टक टाईम, बोनस एसएमएस

काठमाडौं, १४ असार । एनसेलले ‘सबैलाई उपहार हरेक दिन लगातार’ अफर ल्याएको छ। अब एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब हरेक दिन आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । एनसेलका ग्राहकले अब ३० दिनसम्म हरेक दिन आकर्षक बोनस उपहारहरु पाउने कम्पनीले उल्लेख गरेको छ। यो अफर यहि असार १४ गतेदेखि लागु भएकोछ । यो योजनामा सहभागिता जनाएपछि ग्राहकले विविध उपहार ...

Read More »

सार्वजनिक यातायातमा टेलिकमको इन्टरनेट, अफलाइनमा निःशुल्क भिडियो हेर्न सकिने

काठमाडौं, १२ असार । अब वसलगायतका सार्वजनिक सवारी साधनमा पनि नेपाल टेलिकमको इन्टरनेट सेवा प्रयोग गर्न सकिने भएको छ । नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा वसलगायतका सार्वजनिक सवारी साधनमा एनटी बस इन्टरनेट सेवा सोमबारदेखि शुरु भएको छ । मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनहरुमा यात्रा गर्ने यात्रुहरुले इन्टरनेट सेवा सहज रुपले प्रयोग गर्न सकुन भन्ने उद्देश्यले टेलिकम ...

Read More »

दराज केमू अनलाइनमा ‘मोबाइल विक’ हुँदै, ५० प्रतिशतसम्म सस्तोमा मोबाइल र एसेसरिज पार्इने

काठमाडौं, १२ असार । अनलाइन प्लेटफर्म दराज केमूले (Daraz Kaymu) नेपालमा पहिलो पटक अनलाइन मोबाइल विक आयोजना गर्ने भएको छ । कम्पनीले सबैभन्दा उत्कृष्ट मूल्यमा मोबाइल र त्यसका एसेसरिज उपलब्ध गराउने गरि यहि असार १९ गतेदेखि ‘मोबाइल विक २०१७’ (Mobile Week) आयोजना गर्न लागेको जानकारी दिएको छ । कम्पनीका नेपालस्थित प्रबन्ध निर्देशक राजिव अमात्यले यसअघिको ‘ब्ल्याक फ्राइडे’को सफलताबाट उत्साहित हुँदै ...

Read More »

मोबाइल एपबाटै सवारी साधन चलाउन सिक्न सकिने, ‘ड्राईभिङ्ग लाइसेन्स’ एप सार्वजनिक

काठमाडौं, ११ असार । सवारी साधन चलाउन नजान्नेहरुलार्इ ध्यानमा राखेर सवारी चलाउन सिकाउने मोबाइल एप निर्माण भएको छ । एनसी सफ्ट प्रालिले ड्राईभिङ्ग सिक्न चाहनेहरुको लागि ‘ड्राईभिङ्ग लाइसेन्स’ (Driving License) नामक मोबाइल एप्लिकेशन तयार पारेको हो। नेपालको सन्दर्भमा तयार गरिएको सो मोबाइल एप्लिकेशनमा सवारीको विभिन्न विधाहरु ट्राफिक संकेत, ऐन, नियम, जरिवाना, सवारी संचालन, प्राविधिक जानकारी, दुर्घटना र प्रदुषण सम्बन्धि जानकारीहरु ...

Read More »

टुरिजम डेभलपमेन्ट बैंकको चिप कार्ड र स्मार्ट मोबाइल बैंकिङ सेवा शुरु

काठमाडौं, ११ असार । अत्याधुनिक प्रविधिमा आधारित बैंकिङ सेवा दिने उदेश्यले टुरिजम डेभलपमेन्ट बैंकले चिप कार्ड र स्मार्ट मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालका अनुसार बैंकले सञ्चालनमा ल्याएको स्मार्ट मोबाइल बैंकिङ सेवामा हुने कारोबार निकै सुरक्षित हुनुका साथै वाइफाइबाट ग्राहकले संसारका जुनसुकै ठाउँबाट कारोबार गर्न सक्नेछन् । त्यसैगरी, बैंकका नयाँ शाखाहरु, खाताहरु, ...

Read More »