अब इ–पेमेण्टबाट भुक्तानी गर्न पाईने, मोबाइल वालेट पनि आउँदै

Technology Khabar १६ जेष्ठ २०७४, मंगलवार

अब इ–पेमेण्टबाट भुक्तानी गर्न पाईने, मोबाइल वालेट पनि आउँदै

काठमाडौं ।

काठमाडौं, १६ जेठ । सरकारले अन्तराष्ट्रिय कारोबारका लागि इ–पेमेण्टको माध्यमबाट व्यापारको भुक्तानी गर्ने व्यवस्था लागू गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७४।७५ को बजेट पेश गर्दै अर्थमन्त्री कृष्ण बहादुर महराले अन्तर्राष्ट्रिय कारोबारका लागि इ–गेटवे प्राप्त गरी अन्तर्राष्ट्रिय व्यापारको भुक्तानी इ–पेमेण्टको माध्यमबाट गर्ने व्यवस्था मिलाउने बताएका छन् ।

हालसम्म नेपाल र अन्य मुलुकबिच इ–पेमेण्टको व्यवस्था हुन नसक्दा विभिन्न विकल्पहरुमार्फत रकम प्राप्ती तथा भुक्तानी हुने गरेको छ ।
त्यसैगरि इ–पेमेण्टको माध्यमबाटै राजस्व संकलन गर्न सकिने व्यवस्था गरिने बजेटमा उल्लेख छ ।

सरकारले मोबाइल वालेट सेवा संचालन गराउन बैंकहरुलाई बजेटमार्फत प्रोत्साहन गर्ने उल्लेख गरेको छ । बजेटमा सूचना प्रविधिको अधिकतम प्रयोग गरी शाखारसहत बैकिङ, इन्टरनेट बैंकिङ तथा मोबाइल वालेट जस्ता नवीनतम वित्तीय सेवा उपलब्ध गराउन बैंकहरुलाई प्रोत्साहन गरिने अर्थमन्त्री महराले बताए ।

हाल शाखा रहित बैंकिङ सेवा बैंकहरुले दूर्गम भेगमा संचालनमा ल्याईरहेका छन भने इन्टरनेट बैंकिङ धेरैजसो शहरी क्षेत्रमा प्रयोग हुँदै आएको छ । तर नेपालमा अहिलेसम्म मोबाइल वालेटको सेवा शुरु भएको छैन् । नेपाल राष्ट्र बैंकले मोबाइल वालेट संचालनको कार्यविधि बनाएपनि अहिलेसम्म कसैलाई अनुमति दिईएको छैन् । यसको लागि विभिन्न कम्पनीहरुले राष्ट्र बैंकमा आवेदन दिएका छन् ।

मोबाइल वालेट स्मार्टफोनको माध्यमबाट विभिन्न वस्तु तथा सेवा खरिद तथा प्रयोगमा गरिने रकम भुक्तानी तथा प्राप्तीको प्रकृया हो ।

विदेशमा एप्पल पे, एन्ड्रोयड पे तथा सामसंग पे जस्ता मोबाइल वालेटहरु प्रचलनमा रहेका छन् ।

easy care

प्रकाशित: १६ जेष्ठ २०७४, मंगलवार