वानप्लसको नयाँ फ्ल्यागशीप स्मार्टफोन हेलो ५, ड्यूल रियर क्यामरा तथा ८ जीबी र्याम

Technology Khabar २८ बैशाख २०७४, बिहीबार

वानप्लसको नयाँ फ्ल्यागशीप स्मार्टफोन हेलो ५, ड्यूल रियर क्यामरा तथा ८ जीबी र्याम

काठमाडौं ।

काठमाडौं, २८ बैशाख ।पछिल्ला दिनहरुमा वान प्लसको नयाँ फ्ल्यागशीपको समाचारहरु निरन्तर आईरहेका छन् । विभिन्न रिपोर्टहरुले वान प्लस ५ स्मार्टफोनको बारेमा जानकारी दिँदै यो अझै शक्तिशाली हुने बताएका छन् ।

वानप्लसले भने हालै औपचारिकरुपमा नयाँ आधिकारिक टिजर सार्वजनिक गरेकोछ । जसमा वानप्लसको बारेमा केहि जानकारीहरु दिईएको छ । यसअघि वान प्लस ५ को नाममा आउने चर्चा भएपनि औपचारिकरुपमा वानप्लसले नयाँ फ्ल्यागशीपको नाम ‘हेलो ५’ राखेको अनुमान गरिएको छ । यसअघि वानप्लस ३ र वानप्लस ३टी सार्वजनिक गरेको कम्पनीले वानप्लस ४ सार्वजनिक नगरि हेलो ५ भर्सन ल्याएको हो ।

चीनमा ४ अंकलाई अशुभ मानिने हुँदा कम्पनीले वानप्लस ४ नराखि वानप्लस ५ लाई ‘हेलो ५’ को रुपमा सार्वजनिक गर्ने तयारी गरेको हो । कम्पनीले हालैचीनमा आफ्नो आधिकारिक वेबो एकाउन्टमा ‘हेलो ५’ (HELLO 5) नाममा नयाँ फ्ल्यागशिप ल्याउन लागेको हो ।

कम्पनीले ल्याउन लागेको नयाँ फोनको बारेमा बिस्तृतमा जानकारी नदिएपनि यहि गर्मी मौसममा वानप्लस ५ आउने निश्चित भएको छ ।

यो स्मार्टफोनमा ५.५ को क्यूएचडी डिस्प्ले राखिने अपेक्षा गरिएको छ । त्यसैगरि यसमा क्वालकमको स्न्यापड्रागन ८३५ चीपसेट हुने तथा ६ जीबी वा ८ जीबी र्यामका साथमा आउने अनुमान छ । त्यसैगरि यसमा पहिलो पटक १२ मेगापिक्सेलको ड्यूल रियर क्यामरा सेटअप हुने अपेक्षा छ । यसमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुने अनुमान छ ।

यो फोन ६४ जीबी र १२८ जीबीको आन्तरिक स्टोरेजका साथमा आउने अनुमान गरिएको छ । एन्ड्रोयड नुगटमा आधारित हुने अक्सिजन ओएसमा आधारित अपरेटिंग सिस्टममा आधारित हुनेछ ।

वान प्लसको नयाँ स्मार्टफोनमा ३,६०० एमएएचको ब्याट्री हुनेछ भने यसमा ड्यास चार्ज २.० हुनसक्नेछ ।

माध्यम

easy care

प्रकाशित: २८ बैशाख २०७४, बिहीबार