जिओनी ए वान स्मार्टफोन बजारमा, ४ जिबी र्याम र १६ मेगापिक्सेलको सेल्फी क्यामरा

Technology Khabar ४ बैशाख २०७४, सोमबार

जिओनी ए वान स्मार्टफोन बजारमा, ४ जिबी र्याम र १६ मेगापिक्सेलको सेल्फी क्यामरा

काठमाडौं ।

काठमाडौं, ४ वैशाख । तपाईँ नयाँ स्मार्टफोन किन्ने तयारीमा हुनुहुन्छ भने जिओनीले नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । नेपाली बजारमा लोकप्रिय ब्राण्डको रुपमा रहेको जिओनीले नयाँ वर्षको अवसर पारेर नेपाली ग्राहकहरुको लागि ए वान (Gionee A1) स्मार्टफोन सार्वजनिक गरेको छ ।

जिओनीले ए सिरिजमा विश्व बजारमा ल्याएको पहिलो स्मार्टफोनहरु जिओनी ए वान (Gionee A1) तथा ए वान प्लस (Gionee A1 Plus नेपाली बजारमा घोषणा गरेको हो ।सेल्फी तथा अधिक ब्याट्री भएको फोन चाहनेहरुका लागी ध्यानमा राखेर यो फोन बजारमा आएको हो ।

ए सिरिजका दुबै स्मार्टफोनहरु सबैभन्दा पहिले नेपाल र भारतीय बजारमा सार्वजनिक हुने योजनाअनुसार बजारमा यो फोन आएको हो ।

कम्पनीले आज सोमबारदेखि नै यो फोन उपलब्ध भएकोे जानकारी दिएको छ। यसअघि कम्पनीले प्री बुक गर्ने ग्राहकहरुलाई विशेष उपहारसहित फोन उपलब्ध गराईसकेको छ ।

दुबै स्मार्टफोनहरु हाई एण्ड रेन्जका स्मार्टफोनको रुपमा बजारमा आएका छन् ।

दुबै फोनमा ब्याट्री तथा सेल्फी क्यामरा निकै राम्रो रहेको छ । यी फोनहरु यसअघिको जिओनीको एम सिरिज तथा एस सिरिजको कम्बिनेशनको रुपमा सार्वजनिक गरिएको हो । ए वानमा ४०१० एमएएचको ब्याट्री प्याक राखिएको छ भने ए वान प्लसमा ४५५० एमएएचको ब्याट्री राखिएको छ ।

कम्पनीले यी स्मार्टफोनहरुमा १८ वाटका नयाँ अल्ट्राफास्ट चार्जिंग प्रविधि राखेको छ, जसले फोनलाई २ घण्टामा पुरै चार्ज गर्नेछ ।

जि‌ओनी ए वान

ए वान स्मार्टफोनमा ५.५ इन्चको फूलएचडी एमोलेड प्यानेल प्रयोग गरिएको छ भने मिडिया टेकको हेलियो पी १० चीपसेट राखिएको छ ।

यसमा ४ जीबीको र्याम तथा ६४ जीबीको स्टोरेज राखिएको छ, जसलाई माइक्रो एसडी कार्डद्धारा बढाउन सकिन्छ ।

जियोनी ए वानमा ड्यूल सिम सपोर्ट छ भने फोटोका लागि १३ मेगापिक्सेलको मुख्य क्यामरा तथा १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । सेल्फीका लागि यसमा फ्रन्ट फ्ल्याश पनि रहेको छ । यो फोन एन्ड्रोयड नुगटका साथमा आउँछ ।

जि‌ओनी ए वान प्लस

जिओनी ए वान प्लसमा ६ इन्चको फूलएचडी आइपीएस एलसिडी डिस्प्ले राखिएको छ भने यसमा मिडिया टेक हेलियो पी २५ प्रोसेसर प्रयोग गरिएको छ । फोनमा ४जीबीको र्याम तथा ६४ जीबीको स्टोरेज रहेको छ । यो जिओनीको ड्यूल क्यामरा फोन हो । जसमा १३ मेगापिक्सेल तथा ५ मेगापिक्सेलको रियर क्यामरा छ भने सेल्फीका लागि २० मेगापिक्सेलको फ्रन्ट क्यामरा छ ।

ए वान प्लसमा अन्य फीचरहरुमा १८ वाटको अल्ट्राफास्ट चार्जिंग प्रविधि राखिएको छ ।

नेपाली बजारमा ए वान स्मार्टफोनको मूल्य ३३ हजार ९ सय ९९ रुपैयाँ राखिएको छ ।

अब तपाईँ पनि शक्तिशाली ब्याट्री र सेल्फीको लागि फ्रन्ट फ्ल्याशयुक्त युक्त क्यामरा भएको स्मार्टफोन ए वान किन्ने हो की ?

easy care

प्रकाशित: ४ बैशाख २०७४, सोमबार