हुण्डाई गाडिमा नयाँवर्ष २०७४ योजना

Technology Khabar १७ चैत्र २०७३, बिहीबार

हुण्डाई गाडिमा नयाँवर्ष २०७४ योजना

काठमाडौं ।

काठमाडौं, १७ चैत । हुण्डाई मोटर्सका नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले नेपाली नयाँवर्ष २०७४ लक्षित योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले बैंकको शर्त पालना गरेमा एक हप्ताभित्र नै शुन्य प्रतिशत ब्याजमा फाइनान्सीङ्ग सुबिधा पाउनेछन् ।

यो योजनाले ग्राहकहरु माझ राम्रो प्रतिकृया प्राप्तगर्ने बारे कम्पनी विश्वस्त रहेको प्रेस बिज्ञप्तिमा जनाइएको छ ।

सम्पूर्ण हुण्डाई गाडीहरु ४ वर्ष निःशुल्क सर्भिसीङ्ग र तीनवर्ष वारेन्टी सहित उपलब्ध छन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी १६ शोरुमहरु तथा १७ सर्भिस सेन्टरमार्फत् ग्राहकहरुलाई सुविधा प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १७ चैत्र २०७३, बिहीबार