Technology Khabar १६ चैत्र २०७३, बुधबार
काठमाडौं ।
काठमाडौं, १६ चैत । सोनी इण्डियाले विश्वको सबैभन्दा तिब्रगतिको एसएफजी सिरिजको एसडी कार्ड बजारमा उपलब्ध गराएको छ । कम्पनीले व्यवसायीक फोटोग्राफर तथा भिडियोग्राफरहरुलाई ध्यानमा राखेर नयाँ एसडी कार्ड ल्याएको हो ।
यो एसडी कार्ड हाईटेक सुविधासहित उपलब्ध छ ।
सोनीको एसएफजी सिरिजको राइट स्पीड २९९ मेगाबाईट प्रति सेकेण्ड छ भने डिजिट इमेजिंग डिभाइसको तिब्रगतिमा काम गर्दछ ।
यो कार्डले हाई रिजोल्यूशन तस्वीरहरु लामो समयसम्म खिच्न सकिन्छ ।
यो एसडी कार्ड ३२ जीबी, ६४ जीबी, र १२८ जीबीको भेरिएन्टमा उपलब्ध छ, जसमा ठूला फाईलहरु तिब्रगतिले कम्प्यूटरमा ट्रान्सफर गर्न सक्दछ ।
एसएफजी ३२ जीबी कार्डको मूल्य ६,७०० भारु, ६४ जीबीको ११,००० भारु ताथ १२८ जीबीको एसडी कार्डको मूल्य १९,९०० भारु तोकिएको छ । भारतीय बजारमा यी सबै कार्डहरुमा ५ वर्षको वारेन्टी उपलब्ध छ भने अप्रिल ३ तारिखदेखि बिक्रीका लागि उपलब्ध छ ।
त्यस्तै सोनीको एमआरडब्लू एस वान टी इन कार्ड रीडरको मूल्य २,३०० भारु छ, जून १ वर्षको वारेन्टसहित उपलब्ध हुने बताईएको छ ।
प्रकाशित: १६ चैत्र २०७३, बुधबार