सोनीले बजेट स्मार्टफोन ल्याउँदै, बेजेल लेस डिस्प्ले भएको ‘एक्सपेरिया एल वान’

Technology Khabar ८ चैत्र २०७३, मंगलवार

सोनीले बजेट स्मार्टफोन ल्याउँदै, बेजेल लेस डिस्प्ले भएको ‘एक्सपेरिया एल वान’

काठमाडौं ।

काठमाडौं, ८ चैत । सोनीले आफ्नो नयाँ इन्ट्रि लेभलको स्मार्टफोन घोषणा गरेको छ । कम्पनीले एक्सपेरिया एल वान (Xperia L1) नाममा एन्ड्रोयड स्मार्टफोन ल्याएको हो ।

सोनीको नयाँ स्मार्टफोनमा करिब बेजेल लेस (bezel- less) डिस्प्ले राखिएको छ । यसमा ५.५ इन्चको एचडी एलसिडी डिस्प्ले रहेको छ, जसको रिजोल्यूशन ७२०x१२८० पिक्सेल छ । एक्सपेरिया एल वान एन्ड्रोयड ७.० नूगटमा आधारित बजेट स्मार्टफोन हो ।

स्मार्टफोनमा १.४५ गीगाहर्जको क्वाड कोर मिडियाटेक एमटि ६७३७टी प्रोसेसर राखिएको छ भने माली टी७२० जीपीयू प्रयोग गरिएको छ । फोनमा २ जीबीको र्याम राखिएको छ भने १६जीबीको आन्तरिक स्टोरेज राखिएको छ, जसलाई बढाउन सकिन्छ ।

फोटोका लागि सोनाीको बजेट स्मार्टफोनमा एफ २.२ अर्पाचरसहितको १३ मेगापिक्सेलको रियर क्यामरा तथा २४ एमएमको वाईड एंगल लेन्सभएको ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

कनेक्टिभिटीका लागि एक्सपेरिया एल वानमा फोरजी एलटिई, वाईफाई, ब्लूटूथ ४.२ भर्सन, एनएफसी, जीपीएस, ग्लोनास, तथा यूएसबी टाइप सी उपलब्ध छ ।

ड्यूल सिम प्रयोग गर्न सकिने सोनीको नयाँ स्मार्टफोनमा २,६२० एमएएचको ब्याट्री प्याक राखिएको छ भने सोनीको ब्याट्री सेभिंगको लागि स्टामिना मोड फिचर रहेको छ ।

यो स्मार्टफोन ब्ल्याक, ह्वाइट तथा पिंक कलर अप्सनमा आउनेछ । रिपोर्टकाअनुसार यो फोन अप्रिल महिनातिर यूरोप, एशिया, अमेरिकालगायतका क्षेत्रमा सार्वजनिक हुन सक्नेछ । कम्पनीले एक्सपेरिया एल वानको मूल्य भने सार्वजनिक गरेको छैन् तर यो बजेट फोन भएको कम्पनीको दाबी छ ।

easy care

प्रकाशित: ८ चैत्र २०७३, मंगलवार