अब जिमेलमा सिधै भिडियो हेर्न सकिने, यसरी हेर्नुहोस अट्याचमेन्ट भिडियो

Technology Khabar ४ चैत्र २०७३, शुक्रबार

अब जिमेलमा सिधै भिडियो हेर्न सकिने, यसरी हेर्नुहोस अट्याचमेन्ट भिडियो

काठमाडौं ।

काठमाडौं, ४ चैत । जिमेलमा अब सिधै भिडियो हेर्न सकिने भएको छ । जिमेलले हालै थप गरेको नयाँ फिचरअनुसार जिमेल प्रयोगकर्ताहरुले एट्याचमेन्टमा आएका भिडियोहरु स्ट्रीम गर्न सकिने छ । कम्पनीले प्रयोगकर्ताहरुका लागि १५ दिनसम्म भिडियो स्ट्रीमिंगको सुविधा दिएको हो ।

यसको अर्थ तपाईँ जिमेल प्रयोगकर्ता हुनुहुन्छ भने अब सिधै जिमेलमा अट्याचमेन्ट भएको भिडियो हेर्न सक्नुहुनेछ । यसको लागि तपाईँले भिडियो डाउनलोड गरिरहनुपर्ने आवश्यकता हुनेछैन् । यसअघि जिमेलको अट्याचमेन्टमा रहेको भिडियो हेर्नका लागि पहिले डाउनलोड गर्नुपर्ने बाध्यता रहेको थियो ।

एक पटक यो तपाईँकहाँ पुगेपछि भिडियो अट्याचमेन्टहरुमा थम्बनेल देखिनेछ । यसमा दुई पटक क्लिक गरेपछि आफ्सेआफ भिडियो चालु हुन्छ । यो एक किसिमले यूट्युब प्रयोग गरेर भिडियो हेरेको जस्तै हुन्छ । यसले प्लेब्याक गतिलाई मिलाउन र भिडियोहरुलाई डिफल्टमा अतिरिक्त गुणस्तरमा चलाउन सकिन्छ ।

साँचो अर्थमा भन्दा यो यूट्युबमा भएको जस्तै सुविधा र फिचर हो ।

माध्यम

easy care

प्रकाशित: ४ चैत्र २०७३, शुक्रबार

ताजा समाचार