साओमीको स्मार्ट शू सार्वजनिक, प्रयोगकर्ताको सबै डाटा लिन सकिने

काठमाडौं, १ चैत । साओमीले स्मार्ट ग्याजेट सार्वजनिक गर्ने क्रममा स्मार्ट शू लन्च गरेको छ । कम्पनीले फिटनेस ट्रयाकिंगसहित स्मार्ट शू सार्वजनिक गरेको हो ।

यो स्मार्ट शुको नाम ९० मिनटस् (90-Minutes) राखिएको छ । यसलाई कम्पनीले मिजा ब्राण्डअन्तर्गत सार्वजनिक गरेको हो ।

साओमीको यो नयाँ अल्ट्रा स्मार्ट शूमा एक बटन जस्तै छोटो क्यूर चिपसेटको प्रयोग गरिएको छ, जसमा रियल टाइम फिटनेस डेटाको स्टोर गरेर राखिएको छ । यो नयाँ स्मार्ट शू चीनको सांघाई रनमी टेक्नोलोजी कम्पनी लिमिटेडद्धारा व्यवसायीक खेलाडिहरुलाई ध्यानमा राखेर विकास गरिएको हो ।

यो स्मार्ट शूको निर्माण फोमबाट गरिएको छ, जसले दोड्ने खेलाडिको खुट्टामा दोड्ने समयमा आराम दिन्छ । यो जुत्तामा रिमुभेवल इनसोल राखिएको छ, जून एन्टिब्याक्टेरियल रहेको छ ।

इन्टेर क्यूर चिपसेटको सहयोगबाट प्रयोगकर्ताको हिंड्ने, दौड्ने, तथा चढ्ने लगायतका गतिबिधिलाई ट्रयाक गर्न सकिन्छ । यसका साथै दौडिएको दूरी, स्पीड, घटेको क्यालोरीको जानकारी डाटाको रुपमा उपलब्ध हुनेछ । साओमीको यो जुत्ता ६० दिनसम्म बिना चार्ज गरेर उपयोग गर्न सकिन्छ ।

साओमी ९० मिनेट्स पुरुषका लागि ब्ल्याक तथा सर्फ ब्लू कलरमा आउँछ भने महिलाहरुका लागि ब्ल्याक तथा पिंक कलरमा उपलब्ध हुनेछ । यसको मूल्य कम्पनीले २९९ यूआन तोकेको छ ।