सामसंग ग्यालेक्सी एस८ किन्ने सोचमा हुनुहुन्छ भने लाख रुपैंयाको जोहो गर्नुस्

काठमाडौं, २६ फागुन । सामसंगको नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ (Galaxy S8) निकै चर्चामा रहेको छ । कम्पनीले यो फोन यहि मार्चको अन्त्यमा वा अप्रिलमा सार्वजनिक गर्ने जानकारीहरु बाहिर आईरहेपनि निश्चित मिति भने तोकिएको छैन् ।
तर पनि फोन सार्वजनिक हुनुभन्दा अगाडि नै यसले निकै राम्रो रेस्पोन्स पाएको छ । हाल ग्यालेक्सी एस ८ (Galaxy S8) तथा एस ८ प्लस (S8+) सार्वजनिक हुनुभन्दा अगाडि नै यूरोपमा यो फोन प्रि अर्डरका लागि लिस्टेड भएको छ ।

बेलायती बजारमा मोबाइलफनमा सामसंगको दुबै भेरियन्ट लिस्टेड गरिएको छ । अझ महत्वपूर्ण भनेको यसको मूल्य हो । दुबै संस्करणको मूल्य यसअघिको ग्यालेक्सी एस ७ सिरिजको भन्दा निकै महंगो रहेको छ ।

उक्त साइटमा ग्यालेक्सी एस एट ७९९ यूरो अर्थात ९८०.९९ अमेरिकी डलरमा लिस्टेड भएको छ । सो मूल्यमा अनलक्ड ६४ जीबी आन्तरिक स्टोरेज भएको ग्यालेक्सी एस ८ ब्ल्याक कलरको फोन किन्न सकिनेछ । यसअघि गत वर्ष ग्यालेक्सी एस सेभेनको मूल्य ५४९ यूरो रहेको थियो ।

५.८ इन्चको क्यूएचडी रिजोल्यूशन रहेको यो फोनमा कभ्र्ड डिस्प्ले रहेको छ । क्वालकम स्न्यापड्रागन ८३५ चीपसेट प्रयोग गरिएको फोनमा ४ जीबीको र्याम राखिने छ ।

फोटोका लागि यसमा १२ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।

त्यसैगरी बेलायती अनलाइन रिटेलर मोबाइलफनमा सामसंग ग्यालेक्सी एस एट प्लस भर्सन पनि प्रि अर्डरका लागि राखिएको छ । जसको मूल्य ८९९ यूरो अर्थात १,१०२.९ अमेरिकी डलर तोकिएको छ । यसअघि गत वर्ष ग्यालेक्सी एस सेभेन एजको मूल्य ६३९ यूरो रहेको थियो ।

लिस्टेड उक्त फोन पनि ६४ जीबीको ब्ल्याक कलरमा उपलब्ध हुनेछ । फोनमा ६.२ इन्चको क्यूएचडी रिजोल्यूशन भएको कब्र्ड डिस्प्ले छ भने ४ जीबीको र्याम रहेको छ ।

फोटोका लागि १२ मेगापिक्सेलको रियर तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ ।

संभवत यो मूल्य केबल सार्वजनिक हुनुभन्दा अगाडि स्थान बनाउन राखिएको मूल्य मात्र भएको अनुमान छ, जून फोन सार्वजनिक भएपछि कम्पनीले तोके अनुसार घट्न सक्नेछ ।

यदि यहि मूल्यको हाराहारीमा सामसंगले ग्यालेक्सी एस ८ सिरिज सार्वजनिक गर्यो भने नेपाली बजारमा यो फोनको मूल्य १ लाख रुपैंया भन्दा बढि हुनेछ । जून निकै महंगो हो । तर पनि यसको आधिकारिक मूल्य सार्वजनिक हुने बेलामा नै थाहा हुनेछ ।

यसैबिचमा ग्यालेक्सी एस ८ सिरिज बैजनी (भाइलिट) रंगमा पनि अाउने बतार्इएको छ ।

माध्यम स्रोत