अन्तर्राष्ट्रिय महिला दिवसमा टेलिकमको अफर, फेसबुक र डाटा प्याकमा छुट

काठमाडौँ, २४ फागुन । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा उपभोक्तालाई विभिन्न किसिमको सेवामा सहुलियत दिने भएको छ ।

उपलब्ध अफरअन्तर्गत फेसबुक प्याकेज,डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन् । फेसबुक प्याकेजअन्तर्गत २२ रुपैयाँ ६० पैसामा पाँच दिनसम्म २४ घन्टा उपभोग गर्न पाउने गरी १०० एमबी डाटा उपलब्ध गराइएको छ ।

त्यसैगरी डे एण्ड नाइट डाटा प्याकेजअन्तर्गत १०० रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी र बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १०० एमबी डाटा सात दिनसम्म उपभोग गर्न पाइने बताइएको छ ।

नाइट डाटा प्याकेजअन्तर्गत ४५ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी सात दिनसम्म र ९० रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म १२०० एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने उल्लेख छ ।

नेपाल टेलिकमको प्रमोसनल अफरअन्तर्गत उपलब्ध गराइएको यो सहुलियत अफर फागुन २५ गते वुधबारदेखि तीन महिनासम्म कायम रहने प्रेस विज्ञप्तिमा उल्लेख छ ।