सामसंगको २०१७ संस्करणमा ग्यालेक्सी ए ५ तथा ए ७ सार्वजनिक

काठमाडौं, २४ फागुन । सामसंगले भारतीय बजारमा २०१७ का नयाँ स्मार्टफोनहरु ग्यालेक्सी ए ५ (Galaxy A5) तथा ए ७ (A7) सार्वजनिक गरेको छ ।

दूबै स्मार्टफोनहरुमा प्रिमियम एल्मुनियम तथा ग्लासको प्रयोग गरिएको छ भने यी फोनहरु वाटर एण्ड डस्ट रेसिस्ट्यान्स रहेका छन् । दुबै सेटहरुले आइपी ६८ (IP68) प्रमाणपत्र प्राप्त गरेका छन् । फोनको पछाडिको भागमा ३डी ग्लास कर्भ डिजाइन रहेको छ भने वरिपरिको भागमा एल्मुनियम फ्रेम प्रयोग गरिएको छ ।

दुबै फोनहरुमा १. गिगाहर्जको अक्टाकोर एक्सनोज ७८८० प्रोसेसर राखिएको छ भने ३ जीबी र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज रहेको छ । यसको स्टोरेजलाई माइक्रो एसडी कार्डद्धारा २५६ जीबीसम्म बढाउन सकिन्छ ।

फोटोका लागि दुबै फोनहरुमा १६ मेगापिक्सेलको एफ १.९ अर्पाचर भएको रियर तथा सेल्फी क्यामराहरु राखिएको छ ।
एन्ड्रोयड मार्शमाल्लोमा आधारित दुबै फोनहरुमा यूएसबी टाइप सी प्रयोग गरिएको छ ।

यी दुबै फोनहरु सामसुङ ग्यालेक्सी ए सिरिजको सबैभन्दा उत्कृष्ट फोन हुने कम्पनीले दाबी गरेको छ ।

दुबै फोनहरु डिस्प्ले साइज तथा ब्याट्री पावरमा मात्र फरक छन् ।

ग्यालेक्सी ए ५ स्मार्टफोनमा केहि सानो अर्थात ५.२ इन्चको फूलएचडी सूपर एमोलेड डिस्प्ले राखिएको छ भने ग्यालेक्सी ए ७ स्मार्टफोनमा ५.७ इन्चको फूलएचडी सूपर एमोलेड डिस्प्ले राखिएको छ ।

ए ५ स्मार्टफोनमा ३,००० एमएएचको ब्याट्री प्याक छ भने ए ७ स्मार्टफोनमा ३,६०० एमएएचको ब्याट्री रहेको छ ।

दुबै फोनहरु ब्ल्याक स्काई तथा गोल्ड स्याण्ड कलर अप्सनमा उपलब्ध हुनेछन् । भारतीय बजारमा ग्यालेक्सी ए ५ को मूल्य २८ हजार ९ सय ९० भारतीय रुपैयाँ छ भने ए सेभेनको मूल्य ३३ हजार ४ सय ९० भारतीय रुपैयाँ तोकिएको छ ।

यसको आधिकारीक बिक्री भने १५ मार्चदेखि मात्र शुरु हुनेछ ।