‘५एक्स डुअल क्यामेरा जुम’ प्रविधिको लागि ओप्पो सम्मानित

Technology Khabar २३ फाल्गुन २०७३, सोमबार

‘५एक्स डुअल क्यामेरा जुम’ प्रविधिको लागि ओप्पो सम्मानित

काठमाडौं ।

काठमाडौं, २२ फागुन । मोबाइल वल्र्ड कङ्ग्रेस (एमडब्ल्यूसी) २०१७मा अवलोकनकर्ता माझ पहिलो पटक ‘५एक्स डुअल क्यामेरा जुम’ प्रविधि सार्वजनिक गरिएसँगै यसले विभिन्न किसिमका अवार्डहरु पनि हात पारेको छ ।

स्मार्टफोन बजारमै पहिलो पटक सार्वजनिक गरिएको यो प्रविधिका लागि ओप्पोलाई बेस्ट अफ एमडब्ल्यूसी, कुलेस्ट अफ एमडब्ल्यूसी, टप ईन्नोभेष्ट (उत्कृष्ट नवप्रबर्तन) लगायत विभिन्न अवार्डबाट सम्मानित गरिएको कम्पनीले जनाएको छ ।

२०१७ वायर्ड
कुलेस्ट अफ एमडब्ल्यूसी

अमेरिकी म्यागजिन वायर्ड ओप्पोलाई ‘५एक्स डुअल क्यामेरा जुम’ प्रविधिका लागि ‘कुलेस्ट अफ एमडब्ल्यूसी अवार्ड’बाट सम्मानित गरेको हो ।

एण्ड्रोइड अथोरिटी
बेष्ट अफ एमडब्ल्यूसी २०१७

एण्ड्रोइड अथोरिटी प्रकाशन गृहले ओप्पोलाई ‘५एक्स डुअल क्यामेरा जुम’ प्रविधिका लागि बेष्ट अफ एमडब्ल्यूसी २०१७बाट सम्मानित गरेको छ ।

स्टफ
द लुक–बट–डन्ट–टच अवार्ड फर कुल टेक

स्टफ ग्याजेट म्यागेजिनले ठूला तथा भारी लेन्सको प्रयोग विना ओप्पोले प्रदर्शित गरेको ‘५एक्स डुअल क्यामेरा जुम’ प्रविधिको विशेष सराहना गरेको छ । स्मार्टफोन बजारकै लागि पृथक आविस्कारका रुपमा बर्णण गर्दै म्यागेजिनले यसको डेफ्ट अफ फिल्डलाई डिजिटल एसएलआर क्यामेरासँग समेत तुलना गरेको छ । सोका लागि म्यागेजिनले कम्पनीलाई ‘द लुक–बट–डन्ट–टच अवार्ड फर कुल टेक’ उपाधीद्वारा सम्मानित गरेको छ ।

उबरगिज्मो
बेष्ट अफ एमडब्ल्यूसी २०१७

सानफ्रान्सिस्कोमा आधारित उबरगिज्मो डटकमले ओप्पोलाई एमडब्ल्यूसीमा प्रदर्शित गरिएको नयाँ प्रविधिका लागि बेष्ट अफ एमडब्ल्यूसी २०१७ उपाधीद्वारा सम्मानित गरेको हो ।

मोबाइल गिक्स
बेष्ट अफ एमडब्ल्यूसी २०१७

मोबाइल गिक्सद्वारा ओप्पोले समग्र स्मार्टफोन क्यामेराको कार्य क्षमतामै क्रान्ति ल्याउने सोचका साथ फाइभफोल्ड अप्टिकल जुम सपोर्टगर्ने प्रणाली ल्याएको उल्लेख गरेको छ । पेरिस्कोप प्रविधि मार्फत डुअल क्यामेराको प्रकाशलाई प्रिजमबाट प्रवेश गराइ पातला स्मार्टफोनमा फाइभफोल्ड जुम मार्फत उत्कृष्ट गुणस्तर सहितको तस्विर खिच्न सघाउने प्रविधि भन्दै बेष्ट अफ एमडब्ल्यूसी २०१७ उपाधी प्रदान गरेको हो ।

टेक बक्स
टप ईन्नोभेसन एमडब्ल्यूसी २०१७

टेकबक्स डट एसकेले डुअल क्यामेरा जुम प्रविधिका लागि ओप्पोलाई टप ईन्नोभेसन एमडब्ल्यूसी २०१७ उपाधीद्वारा सम्मानित गरेको हो ।

यी सबै सम्मानहरु ओप्पोलाई मोबाइल वल्र्ड कंग्रेसको अवधिमा प्राप्त गरेको कम्पनीले जनाएकोछ ।

easy care

प्रकाशित: २३ फाल्गुन २०७३, सोमबार